सान्जेन जलविद्युतको आईपीओ आवेदन दिने अन्तिम दिन आज
नेपालबहस संवाददाता
असोज ४, २०७९ मंगलबार १७:३:३५
४ असोज, काठमाडाैं । सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि भदौ ५ गतेबाट आईपीओ जारी गरेको थियो । यस आईपीओमा आवेदन दिने अन्तिम दिन असोज ४ गते रहेको छ । निर्धारित अवधिमा सबै शेयर विक्री नभएका कारण असोज ४ गतेसम्म समय थपिएको हो । कम्पनीले स्थानीयलाई ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।
कम्पनीले रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदीडमो गाउँपालिका वडा नं ५ चिलिमे, ९ साविक चिलिमे गा.वि.स., प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाछादिडमो गाउँपालिका वडा नं ४ गोल्जुङ, सामान्य प्रमावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १,२,३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरुलाई निष्काशन गर्न लागेको हो ।
स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ७ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । यस आईपीओको लागि बिक्री प्रबन्धकको कार्यनागरिक लगानी कोषले गर्नेछ भने सह बिक्री प्रबन्धकमा सनराइज र एनएमबी क्यापिटललाई नियुक्त गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?
पुष १४, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
आर्थिक संकटमा हेटौंडा सिमेन्ट, असोज १५ देखि रोकिएको उत्पादन फेरी सुरु हुन सकेन्
पुष १४, २०८१ आइतबार
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
पुष १४, २०८१ आइतबार
दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटनाः मृतकको संख्या ६४ पुग्यो
पुष १४, २०८१ आइतबार