सत्ता गठबन्धनमा रहेका दलसँग चुनावी गठबन्धन नगर्ने स्याङजा कांग्रेसको निर्णय, हस्तक्षेप नगर्न पार्टी नेतृत्वलाई चेतावनी
नेपालबहस संवाददाता
असोज ४, २०७९ मंगलबार १७:४५:२८
♦ भवानी अधिकारी
४ असोज, स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा कुनै दलसँंग पनि चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ । केन्द्रमा पार्टीले अहिले सत्तामा रहेका दलहरुसँग चुनावी गठबन्धन गरेर जाने निर्णय गरेपनि स्याङजा कांग्रेसले भने एक्लै चुनावमा जाने निर्णय गरेको हाे । स्याङ्जामा चुनावी गठबन्धन आवश्यक नरहेको भन्दै स्थानीय नेता तथा कार्यकर्तासमेतले दवाव दिएपछि यस्तो निणय भएको हो ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं युवा नेता इन्द्रबहादुर रिजालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लामा गठबन्धन नगर्न नेता कार्यकर्ताको सुझाव अनुसार नै निर्णय गरिएको बताए । उनले नेपाली जनताको चाहना अनुसार पनि आगामी निर्वाचनमा कांग्रेसले जिल्लामा एक्लै प्रतिस्पर्धा गर्ने तयारी गरेको र यसका लागि कांग्रेस सक्षम रहेको बताए ।
रिजालका अनुसार स्थानीय तहको निर्वाचनमा कुल ११ पालिकामध्ये ६ वटामा गठबन्धन गर्दा कांग्रेस हारेको थियो भने पाँच वटा पालिका गठबन्धन नगरी नै कांग्रेस जीत निकालेकाे थियो । स्याङजामा सत्ता गठबन्धनमा रहेको नेकपा माओवादीको खासै उपस्थिति नरहेको र नेकपा एकीकृत समाजवादी विभाजनको असर पनि नदेखिएको नेता रिजालको भनाइ छ ।
गठबन्धन बाहेकका दलहरु गृहकार्यमा जुटिसकेको अवस्थामा नेपाली कांग्रेस स्याङ्जाले भने जिल्लामा गठबन्धन नगर्ने जानकारी पार्टी नेतृत्वलाई समेत दिएको छ । कांग्रेस प्रवक्ता भरतप्रसाद लम्सालका अनुसार नेकपा माओवादी र नेकपा एससँग दश प्रतिशत पनि जनमत देखिएको छैन् ।
यसरी मत नै नभएका दलसँग गठबन्धन गर्दा कांग्रेसलाई घाटा हुने भएकाले जिल्लामा गठबन्धन नगर्ने निर्णय गरी केन्द्रमा जानकारी दिइएको हो । जिल्लागत मिलाउँदा माओवादी र समाजवादीको बलियो प्रभाव रहेका अरु जिल्लामा मिलाउँन सुझाव दिँदै स्याङजामा गठबन्धन बिना नै कांग्रेस बलियो रहेको लम्सालले बताए ।
युवा नेता रिजालको भनाइमा प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ निर्वाचन क्षेत्र रहेको स्याङ्जा जनमतको हिसाबले कांग्रेसको बलियो छ । गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि एमालेको भन्दा कांग्रेसको मत बढेको छ । यसैले पनि मंसिर ४ गते हुन गइरहेको निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभाका सबै सीटमा कांग्रेसलाई दिनुपर्ने माग नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले राखेको रिजालले बताए ।
नब्बे प्रतिशत कांग्रेसको प्रभाव भएको निर्वाचन क्षेत्रमा भन्दा ८०-९० प्रतिशत माओवादी र समाजवादीको प्रभाव भएको क्षेत्रमा टिकट दिंदा गठबन्धनलाई जित्न सहज हुने प्रवक्ता लम्साल बताउन्छन् । स्थानीय तहको निर्वाचनको मतपरिणामले गठबन्धन दलका प्रभाव देखाइसकेको भन्दै उनले गठबन्धनको तर्फबाट स्याङ्जा १ को (क) मा माओवादीले दावी गरेपछि कांग्रेस कार्यकर्तामा असन्तुष्टि देखिएको बताए । जिल्लामा माओवादी र समाजवादीको जनमत न्यून रहेकाले उनीहरुलाई सीट दिन नसकिने उनको भनाइ छ । यस विषयमा केन्द्रलाई जिल्लाको निर्णयमा हस्तक्षेत्र नगर्न पनि आग्रह गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचनका लागि उम्मेदवार छनोट
कात्तिक २२, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार