सूर्या लाइफ इन्स्योरेन्समा धेरै प्रिमियम संकलन गर्ने तीन जना सम्मानित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज ४, २०७९ मंगलबार १९:३५:४२
![](https://nepalbahas.prixacdn.net/media/albums/Surya-Life-Insurance-2-scaled-e1663661053419_ubnPDi7mMJ.jpg)
४ असाेज, काठमाडाैं । सूर्या लाइफ इन्स्योरेन्सले दुई दिने वार्षिक मान्यता कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवन कुमार खड्काले उद्घाटन गरेको उक्त कार्यक्रममा कम्पनीसँग सम्बन्धित १५० भन्दा बढी अभिकर्ता र कर्मचारीहरू सहभागी थिए।
चितवनको सौराहामा असोज १ गते सुरू भएर २ गते सम्पन्न उक्त कार्यक्रममा गत आर्थिक वर्षमा देशैभरिमा सबैभन्दा बढी प्रिमियम संकलन गर्ने (व्यक्तिगत व्यवसाय) तीन जनालाई एजेन्सी अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो।
यसरी सम्मानित हुनेमा बुटवल शाखाका कमलप्रसाद घिमिरेलाई सिइओ खड्काले अवार्डसहित सम्मानित गरेका थिए। त्यस्तै सोही विधामा ललितपुर शाखाका पदमबहादुर फागो र बिमला राई फस्ट रनर अप र सेकेन्ड रनअप घोषित भएका थिए।
त्यस्तै, गत आर्थिक वर्षमा सबैभन्दा बढी प्रिमियम संकलन गर्ने (सामूहिक व्यवसाय) अभिकर्ताहरूलाई एजेन्सी म्यानेजर अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो।
यस विधामा ललितपुर शाखाका उप्रिन्द्र राई विजेता घोषित भएका थिए भने कमलप्रसाद घिमिरे (बुटवल) र भक्त बहादुर राई (जोरपाटी) फस्ट रनरअप र सेकेन्ड रनरअप घोषित भएका थिए।
त्यस्तै, देशैभरी रहेका शाखाहरुमा उत्कृष्ट शाखाको रूपमा काठमाडौं शाखा पुरस्कृत भएको थियो भने बुटवल र ललितपुर क्रमशः फस्ट रनरअप र सेकेन्ड रनरअप घोषित भएका थिए ।
कम्पनीले देशैभरका सात प्रदेशबाट उत्कृष्ट व्यावसाय गर्ने प्रदेशलाई ‘बेस्ट रिजन अवार्ड’को ‘रनिङ शिल्ड’ यसपटक बागमती प्रदेशले हात पारेको थियो। उक्त अवसरमा विभिन्न १२ विधाका साथै अन्य गरी ४६ जनालाई कम्पनीले ट्रफीसहित सम्मान गरेको थियो।
कार्यक्रममा पुरस्कृतहरूलाई सिइओ खड्काले बधाई तथा शुभकामना दिँदै आगामी दिनहरुमा अन्य एजेन्सी म्यानेजर, अभिकर्ता एवं कर्मचारीहरूले अझै उत्कृष्ट काम गर्ने अपेक्षा आफूले लिएको समेत बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेदेखि आईपीओ निष्काशन गर्ने
पुष २८, २०८१ आइतबार
बीमा प्राधिकरणका अध्यक्ष सिलवाल भ्रष्टाचार मुद्दामा डामिए, स्वतः निलम्बन
मंसिर २४, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार