चिउरीको आफूभन्दा जेठो पानी संकट टरेपछि…
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
असोज ४, २०७९ मंगलबार १९:५३:४३
![](https://nepalbahas.prixacdn.net/media/albums/be0fdce1-d8a2-4a4f-a10f-b527fb9085ce_79X2iJkEHJ.jpg)
♦ हेमन्त केसी
४ असोज, सुर्खेत । जाजरकोट नलगाड नगरपालिका–१ चिउरीकी धनकला चदाराले थाहा पाएदेखिनै खानेपानी संकट भोग्दै आएकी छिन् । उनले एक गाग्री पानीका लागि कयौं पटक दिन बिताएकी छिन् । निन्द्रा बिगारेकी छिन् । अब धनकलाले पानीका लागि न त दिन माया मार्नु पर्छ न निन्द्रा नै बिगार्नु पर्छ ।
घर आँगनमै पानी आएपछि नलगाड चिउरीका बासिन्दाले राहातको सास लिएका छन् । नहकुलीको पहाडमा रहेको मुहानबाट धनकलाको आँगनमै पानी ल्याएर धारा निर्माण भएको छ । अब धनकलाको घरमा चौबिसै घण्टा निरन्तर पानी आउँछ ।
धनकला आफूभन्दा अगाडिका पुस्ताले पानीकै लागि गरेको दुस्ख र संर्घषका दिन सम्झिन्छिन्। ‘साना छोराछोरीलाई डोकाले छोपेर यहाँका मानिस पिउने पानी ल्याउन निकै टाढा जानुपर्थ्यो ’ उनी भन्छिन्, ुफर्केर आउँदा बच्चा रोईकराई गरेर निद्रामा परिसकेका हुन्थे ।’
धनकला जस्तै ५१ वर्षीय रमिता विक पनि आँगनमै पानी आएपछि दंग छिन्। ‘आफ्नै गाउँठाउँका मान्छे माननीय भएपछि मात्र पानी घरआँगनमै पायौँ’, उनी भन्छिन्, ‘पानी नहुँदा हाम्रा छोरीबुहारीले कति दुस्ख पाए।’
करिब एक सय ४० घरधुरी दलित समुदाय रहेको चिउरीमा पानी ल्याउनका लागि स्रोत नहुँदा निकै टाढाको दूरी पार गरी डोकोमा गाग्री बोकेर पानी ल्याउनुपर्ने बाध्यता थियो । सबै मानिस पानी ल्याउन निस्कने समय एउटै हुँदा निकै बेर कुर्नु पर्ने अवस्था थियो । नलगाड नगरपालिका –१ र २ का ६ सय ५० घरधुरीमा एकै पटक घरघरमा खानेपानीको धारा पुगेपछि पानीका दुःख हटेको छ। कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्रालय र स्थानीयवासीको करिब साढे ४ करोड श्रमदानबाट खानेपानी आयोजना निर्माण भएको हो ।
०७४ सालमा निर्माण सुरु गरिएको नहकुली खानेपानी आयोजना पाँच वर्षमा पूरा भएको छ । १४ किलोमिटर ढाटाको दूरीबाट ल्याएको पानीबाट आधा दर्जन गाउँमा चौबिसै घण्टा पानी पुगेको निर्माण उपभोक्ता समिति अध्यक्ष टंकबहादुर घर्तीले जानकारी दिए। उनका अनुसार आधा दर्जन पानीका मुहानबाट पानी जम्मा गरी प्रत्येक घरमा पानी उपलब्ध गराएइको हो ।
एक सय ५१ वटा ठुला ,साना ट्यांकी निर्माण गरी घर, घरमा पानी ल्याएको अध्यक्ष घर्तीले जानकारी दिए। चिउरीको दलित बस्ती, गढी, छेप्का, बैरीताल चिसापानी, अनाहपानी, माफगाउँ र स्यालचौर लगायतका गाउँका स्थानीयवासीको घरमा पानी पुगेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार