प्रधानन्यायधीश जबराको पक्षमा युवालाई सडकमा उतार्ने एमालेको तयारी, कडा निगरानी गर्न सुरक्षा निकायलाई गृहको निर्देशन
नेपालबहस संवाददाता
असोज ४, २०७९ मंगलबार २२:३:५
४ आसोज, काठमाडौं । नेकपा एमालेले महाअभियोग लागेर निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा युवा विद्यार्थीहरुलाई सडकमा उतार्ने तयारी गरेको समाचार बाहिरिएको छ । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै जबरामाथि लागेको महाअभियोग पनि निष्क्रिय भएको भन्दै आएको एमालेले उनलाई सर्वोच्चमा फर्काउने दवाव सिर्जना गर्नका लागि युवा र विद्यार्थी संगठनहरुलाई परिचालन गर्न लागेको बताइएको छ ।
आज मंगलबारबाटै उनीहरुलाई सडकमा उतार्ने हल्ला चलेपछि सरकारले पनि सर्वोच्च अदालत परिसर र आसपासका क्षेत्र सुरक्षा तैनाथी बढाएको थियो । एमालेको विद्यार्थी संगठनललगायत अन्य समूहरु पनि सडकमा आउने हल्ला फैलिएको भन्दै गृह मन्त्रालयलेसमेत मातहतका निकायलाई सम्भावित अवस्थाको पहिचान गरी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको गृह स्रोतले जानकारी दिएको छ ।
गएको शनिबाार मध्यरातबाट प्रतिनिधिसभको कार्यकाल सकिएको र साही दिन देखि आफु माथि लगाइएको महाअभियोग पनि अर्थहीन भएको भन्दै प्रधानन्यायाधीश जबराले आइतबारबाट सर्वोच्च अदालतमा हाजिर हुने सूचना सर्वोच्च प्रशासनलाई पठाएका थिए । आइतबार कार्यलय जाने तयारीमा जबरा रहेको थाहा पाएपछि सर्वोच्चका न्यायाधीश, नेपाल बार र सर्वोच्च बार उनलाई बाटो रोक्ने योजना बनाएका थिए ।
सरकारले पनि सम्भावित खतरालाई रोक्न सर्वोच्च आसपासमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाएको थियो । पछि जबराको सरकारी निवासमै सुरक्षाकर्मी खटाएर उनलाई एक दिन अघोषित नाकाबन्दीमा राखिएको थियो । सरकराले प्रधानन्यायाधीशलाई निवामै थुनेर राखेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसको कडा आलोचना गरेका थिए । उनले प्रतिनिधिसभाको कार्यकाल सकिएपछि जबराको महाअभियोग पनि सकिएको भन्दै जबराले कार्यलय फर्किएर काम गर्न पाउने बताएका थिए ।
जबरामाथिको महाअभियोग छानविनका लागि गठन भएको महाअभियोग सिफारिस समितिले उनीसँग बयान लिएर माहाअभियोग प्रमाणित गर्न मिल्ने आधारसहितको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई शनिबार साँझ बुझाएको थियो । त्यसको लगत्तै जबराले सर्वोच्च हाजिर हुने सूचना पठाएका थिए । तर, संसद सचिवालयले महाअभियोगबाट सफाई पाएको पत्र जबरालाई दिएको छैन् । कानूनविदका अनुसार सफाइको पत्र नपाएसम्म जबरा काममा फर्कन सक्ने छैनन् ।
सुरदेखि नै महाअभियोगको विपक्षमा रहँदै आएका एमालले यही विषयलाई आधार माने र जबरालाई सर्वोच्च अदालतको नियमित काममा फर्काउने दवाव सिर्जना गर्न आफ्नो पार्टी निकटका युवा तथा विद्याार्थी संगठनहरुला सडकमा पठाउन लाागेको बताइएको छ । जबराको पक्षमा प्रदर्शन हुने सूचना पाएपछि मंगबार दिनभर सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च अदालत सुरक्षा स्रोतका अनुसार वीर गोर्खाली अभियान, नेकपा एमाले निकट अनेरास्ववियु।युवा संगठन र १०० गु्रपमा आबद्ध युवाहरूले प्रदर्शन गर्ने सूचना पाएपछि प्रहरी परिचालन गरिएको थियो ।
गतवर्ष जबराविरुद्ध नेपाल बारले गरेको प्रदर्शनको विरोधमा १०० गु्रपले हस्तक्षेप गरेको थियो । यसपालि पनि त्यो हुन सक्ने सूचनापछि सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ । १०० गु्रप, अनेरास्ववियु कोकोले नेपालको झन्डा लिएर प्रदर्शन गर्ने सूचना आएको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु बताउँछन् ।
निलम्बनकै अवस्थामा सर्वोच्च अदालत आएर कार्यभार सम्हाल्ने जबराले प्रयास गरेका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले जबरामाथि महाभियोग लगाउन ९ आधार र २ सुझावसहितको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएसँगै जबराले भने सर्वोच्च फर्किने सूचना पठाएका थिए । सर्वोच्च प्रशासनलाई सूचना पठाएर जबराले आफूविरुद्धको महाभियोग निष्क्रिय भएको भनेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार फेरिन सक्छ, तर विकासमा नीतिगत निरन्तरता चाहिन्छ : उपमहासचिव पुन
माघ १३, २०८१ आइतबार
के अमेरिका र चीनबीचको व्यापार तनावबाट भारतले ठूलो फाइदा लिन सक्छ ?
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
इतिहासकै कमजोर आईजीपीको सुरः निरीह, एकलकाँटे, छाँया र सधैँ हस् हजुर....
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
सेनाले भन्यो– कंगोमा परिचालित सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्
माघ १३, २०८१ आइतबार
त्रिकोणात्मक टी–२० शृङ्खलाः इन्दू बर्माको कप्तानीमा नेपाली टोली घोषणा
माघ १३, २०८१ आइतबार
सरकार फेरिन सक्छ, तर विकासमा नीतिगत निरन्तरता चाहिन्छ : उपमहासचिव पुन
माघ १३, २०८१ आइतबार
सुप्रिम सहकारी ठगीमा बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएर छुटे रवि
माघ १३, २०८१ आइतबार