राधी विद्युत् कम्पनीको हकप्रद शेयर बिक्री खुला
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
असोज ५, २०७९ बुधबार १६:५२:२
![](https://nepalbahas.prixacdn.net/media/albums/share-2_35C1JP3GnC.jpg)
५ असोज, काठमाडौं । राधी विद्युत कम्पनीले बुधबारदेखि १ः१४७५२ अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो ।
राधीले हकप्रद शेयर बिक्रीका लागि गत १२ भदौमा बुक क्लोज गरिसकेको छ । तसर्थ, भदौ ११ गतेसम्म कायम सेयरधनीले कम्पनीले जारी गरेको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
राधीको हकप्रद शेयरमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, जनकपुर र लमजुङको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
यसका साथै, मेरो शेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । हाल राधीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ भन्दा बढी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोमबार ३० अंकले बढ्यो बजारः १० अर्बका शेयर खरिदबिक्री, २७२७ मा उक्लियो नेप्से
फागुन ५, २०८१ सोमबार
आइतबार साढे १९ अकले बढ्यो बजारः २७ सय नजिक पुग्यो नेप्से, ९ अर्ब ४७ करोडको कारोबार
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणका लागि २० प्रतिशत शेयर जारी गर्ने
फागुन ६, २०८१ मंगलबार
फागुन १० गतेदेखि आयोजना हुने स्वयम्भू महोत्सवको तयारी अन्तिम चरणमा
फागुन ६, २०८१ मंगलबार
बाह्रबिसे बजारका अग्निपीडितलाई आर्थिक सहयोग
फागुन ६, २०८१ मंगलबार
राष्ट्रियसभा बैठक सुरु
फागुन ६, २०८१ मंगलबार
तोलामा सात सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
फागुन ६, २०८१ मंगलबार
चीनले समुद्रको ६,५६० फिट मुनी बनाउन थाल्यो ‘डिप सि स्टेशन’
फागुन ६, २०८१ मंगलबार