युरोपलाई कोरोनाको नयाँ लहरका लागि तयार रहन आग्रह
नेपालबहस संवाददाता
असोज ५, २०७९ बुधबार १८:२०:३४
५ असोज , एजेन्सी । युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले युरोपमा कोरोनाको नयाँ लहर आउनसक्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गरेको छ । सो एजेन्सीले कोरोनाको महामारी पूर्ण रुपमा टरेको नभएर अहिले केही कम मात्र भएको भन्दै युरोपमा अर्को लहर आउन सक्ने भएकाले तयार रहन भनेको हो ।
मंगलबार युरोपियन मेडिसिन एजेन्सीले युरोपका देशहरुमा अहिले महामारी कम भएको देखिएको छ भन्दै तर पनि महामारी अहिले घटेको भए पनि यहाँका नागरिकमा यसको प्रकोप भने नघटेको बताएको हो ।
युरोपियन मेडिसिन एजेन्सीका प्रमुख म्याक्रो क्याबलेरीले सो कुरा बताएका हुन । उनले भने– यहाँका देशहरुमा अहिले कोरोना संक्रमण घटेको पाइएको छ । युरोपियन देशहरुले आगामी दिनमा यो महामारीको अर्को लहर आउन सक्छ भनेर यसबाट बच्ने उपायहरुको तयारीमा लाग्नुपर्छ ।
उनले युरोपमा आगामी शरद ऋतुमा यसको प्रकोप थप बढ्न सक्ने पनि बताए । उनले गएका दुई वर्षदेखि यो ऋतुमा कोरोनाको महामारी बढेको पाइएकोले अब आउने सो ऋतुमा पनि महामारीको प्रकोप बढ्न सक्छ भन्ने हिसाबको तयारी गर्नुपर्ने बताए ।
उनले पहिलेका वर्षहरुका तुलनामा पछिल्लो समयमा विकासित भएका कोरोनाका नयाँ प्रजातिहरुको प्रभाव झन् धेरै देखिएकाले पनि यो प्रकोपबाट हुन सक्ने क्षतितर्फ सचेत रही तयारीका साथ रहन आग्रह गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार