सिंजाको विष्टवाडामा प्रसूति सेवा संचालन
नेपालबहस संवाददाता
असोज ५, २०७९ बुधबार १८:२८:४१
५ असोज, जुम्ला । जुम्लाको सिंजा गाउँपालिका–२ स्थित विष्टवाडामा आधारभूत स्वास्थ्य केन्द्रमा प्रसूति सेवा संचालनमा ल्याइएको छ । महिलाको स्वास्थ्य सुधार ल्याउने ध्येयले प्रसूती सेवा संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।
सिंजा स्वास्थ्य शाखा संयोजक ललितजङ्ग रोकायाले स्वास्थ्य केन्द्रमा आधुनिक प्रयोगशाला सेवा विस्तारका उच्च प्राथमिकता दिएको जानकारी दिए । यसअघि सो क्षेत्रका गर्भवतीले प्रसूति सेवा तथा एएनसी पिएनसी जाँच गर्नका लागि दुई घण्टा टाढा रहेको नराकोट स्वास्थ्यचौकीमा जानुपर्ने बाध्यता थियो ।
गाउँपालिकाले धापा, नराकोट, शनिगाउँ, दात र विष्टवाडा गरी पाँच स्थानबाट प्रसूति सेवा प्रदान गर्दै आएको छ । स्वास्थ्य संस्थामै दक्ष जनशक्तिबाट सुरक्षित सुत्केरी गराउनका लागि गाउँपालिकाकाले उच्च प्राथमिता दिँदै आएको छ । जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले स्वास्थ्य सस्थामा सुत्केरी हुने व्यवस्था मिलाइएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चक्कु प्रहार गरी छोराले गरे बुबाको हत्या
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले परामर्श
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै
मंसिर १०, २०८१ सोमबार
मेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार