सामाजिक सुरक्षा भत्ता हिनामिना गर्ने खरिदार भण्डारीविरुद्ध भष्ट्राचार मुद्दा दायर
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
असोज ५, २०७९ बुधबार १९:१३:४९
![](https://nepalbahas.prixacdn.net/media/albums/Akhtiyar1659869998_6KGvDSeeMh.jpg)
५ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले सामाजिक सुरक्षा भत्ता हिनामिना गरी भष्ट्राचार गरेको आरोपमा जुम्ला, चन्दननाथ नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख खरिदार राजेन्द्रबहादुर भण्डारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
उनीविरुद्धको उजुरी अनुसन्धान हुँदा भण्डारीले आव ०७४/०७५ देखि आव ०७६/७७ सम्म सामाजिक सुरक्षा भत्ता बैंकमार्फत लाभग्राहीको खातामा जम्मा गर्नु पर्नेमा, कार्यालयको नामबाट बैंकलाई आफैंले पत्र लेखी दस्तखत गरी बैंकहरूमा पत्राचार गरी २० लाख ७८ हजार ६ सय रुपैयाँ छोराको व्यक्तिगत खातामा जम्मा गरी भुक्तानी लिएको देखिएको छ ।
व्यक्तिगत हितमा रकम खर्च गरी सरकारी रकम हिनामिना गरेको पुष्टि भएको भन्दै अख्तियारले भण्डारीलाई बिगो २० लाख ७८ हजार ६ सय कायम गरी भ्रष्टाचार निवारण ऐनले निर्देश गरे बमोजिम जरिवाना र कैद सजाय गरी अदालतमा आरोप पत्र दायर गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
शपथ खाएर झुटो बोलेको भन्दै सिंगापुरका सांसदलाइ १४ हजार डलर जरिवाना
फागुन ६, २०८१ मंगलबार
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार