सडक निर्माण सुस्त
नेपालबहस संवाददाता
असोज ५, २०७९ बुधबार १९:२५:३१
५ असोज, त्रिवेणी । नवलपुरलाई प्रदेश राजधानी पोखरासँग जोड्ने सडक निर्माणले गति लिन सकेको छैन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित फलफूल चोक–बोझापोखरी–हुँदै कोखेटारसम्म निर्माण गर्ने भनिएको सडक निर्माणका लागि तेस्रो पटक म्याद थप गरिएको छ ।
विसं २०७४ जेठ ३१ गते ठेक्का सम्झौता भएको कावासोती–कोखेटार सडक निर्माणको काम विसं २०७७ जेठ मसान्तसम्ममा सक्नुपर्ने थियो । तर त्यसयता तेस्रो पटक म्याद थप गरिएको छ । पछिल्लो पटक आउँदो चैत मसान्तसम्म म्याद थप गरिएको सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनीयर राजेन्द्र महर्जनले बताए ।
थपिएको समयमा समेत सडक निर्माण कार्यले पूर्णता पाउनेमा आशंका पैदा भएको छ । पहिलो खण्डमा कावासोतीको फलफूल चोकदेखि १४ किलोमिटर कालोपत्र र त्यसपछिको छ किलोमिटर ग्राभेल यस्तै दोस्रो खण्डमा २० किलोमिटर ग्राभेल गर्ने गरी ठेक्का सम्झौता भएर काम अगाडि बढेको थियो ।
दुवै खण्डगरी कूल रु ८४ करोड ९८ लाख आठ हजार दुई सय ४१ मा सडक निर्माणका लागि ठेक्का सम्झौता भएको हो । पहिलो खण्डमा सन्तोषी–रौताहा–हरिहरि जेभी र दोस्रो खण्डमा पप्पुकोसी–न्यौपाने–बन्धना भगवती जेभीले निर्माणको जिम्मा पाएका थिए । तर अहिले पहिलो खण्डमा करिब छ किमीमा कालोपत्रका लागि ‘सिङ्गल कोट’ ९कालोपत्रको प्रारम्भिक तह० को काम सकिएको छ ।
दोस्रो खण्डमा करिब पाँच किमीमा ग्राभेल गर्ने काम सकिएको इञ्जिनीयर महर्जनले जानकारी दिए । त्यसबाहेक केही क्षेत्रमा नाला निर्माण र पहाडी क्षेत्रमा बाटो फराकिलो बनाउन भित्ता काट्ने काम मात्रै भएको छ ।
सुरुको केही समय सडक निर्माणको काम कसले गर्ने भन्नेमा अन्योल रहँदा निर्माण कार्य प्रभावित बन्यो । प्रारम्भिक चरणमा सडक डिभिजन कार्यालय बुटवल मातहतमा निर्माणको काम अघि बढेकामा पछि गण्डकी प्रदेश मातहतमा काम अघि बढ्यो । अहिले फेरि यस सडक निर्माणको काम सडक डिभिजन कार्यालय भरतपुर मातहतबाट हुँदै आएको छ ।
केही समय कोभिड र पछि बजेट निकासा नहुँदा निर्माण कार्य प्रभावित बनेको सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनीयर महर्जनले बताए । “केही समय कोभिडले प्रभाव प¥र्यो, बजेटको पनि नियमित निकासा हुन सकेन, यसले पनि निर्माणको काम प्रभावित बन्यो”, उनले भने ।
अहिले पनि यस सडकका लागि रु चार करोडमात्रै बजेट विनियोजन गरिएको उनले बताए । “११÷१२ करोडको काम बाँकी छ, अहिले पनि रु चार करोड मात्रै विनियोजन गरिएको छ”, उनले भने, “अब विनियोजित बजेटले त पुग्दैन तर सकिएपछि थप रकम माग्छौँ, यो वर्ष सकभर काम सक्नेगरी लाग्छौँ ।”
अहिले कावासोती–बोझापोखरी र बोझा–कोखेटारसम्मको दुवै प्याकेजमा करिब ७५ प्रतिशत भौतिक प्रगति भएको इञ्जिनीयर महर्जनले बताए । नवलपुरको पहाडी क्षेत्र छिचोल्दै कोखेटारमा पुगी कालिगण्डकी करिडोरमा यो सडकले छुनेछ । त्यसपछि करिडोर हँदै डेढगाउँ–भिमाद–खैरेनिटार–पोखरा जोड्ने महत्वपूर्ण सडक निर्माणमा ढिलासुस्ती हुँदा यस क्षेत्रका बासिन्दाले चिन्ता व्यक्त गरेका छन् ।
पहाडी क्षेत्रको ‘लाइफ लाइन’का रुपमा समेत हेरिएको यो सडक छिटो निर्माण हुनुपर्ने माग यस क्षेत्रका बासिन्दाको रहेको छ । यो सडक निर्माणले नवलपुरलाई आफ्नै प्रदेशको बाटो हुँदै प्रदेश राजधानीलाई जोड्नेछ । अहिले प्रदेश राजधानी पोखरा पुग्न बाग्मती प्रदेशको चितवन हुँदै वा लुम्बिनी प्रदेशको रुपन्देही–पाल्पा–स्याङ्जा हुँदै पोखरा जानुपर्ने बाध्यता रहेको छ ।
जिल्लालाई प्रदेश राजधानीसँग जोड्ने महत्वपूर्ण सडकका रुपमा हेरिएको यो योजना निर्माणको काम जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्ने कावासोती नगरपालिका–६, का वडाध्यक्ष यमबहादुर थापाले बताए । अहिले बाटो निर्माणको काम अलपत्र पर्दा फलफूल चोक–हात्तीखोर खण्डमा धुलो उडेर स्थानीयले सास्ती खेप्नुपरेकोसमेत उहाँले गुनासो गरे
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार