नर्सिङ्ग कलेजमा आवद्ध शिक्षक, प्रशिक्षक तथा कर्मचारीको जागीर धरापमा
नेपालबहस संवाददाता
असोज ५, २०७९ बुधबार २०:२९:५४
♦ दीपक शर्मा
५ असोज, बाँके । बाँके नर्सिङ्ग पेशमा आवद्ध भएका शिक्षक तथा प्रशिक्षक लगायतका अन्य कर्मचारीले भविष्य धरापमा परेको भन्दै सरकार गम्भिर बन्नुपर्ने बताएका छन ।
बाँकेको नेपालगञ्जमा पत्रकार सम्मेलनको आयोजना गर्दे उनिहरुको सो माग गरेका हुन ।बाँकेमा रहेका ५ वटा नर्शिङ्ग कलेजहरुमा आवद्ध रहेका शिक्षक, प्रशिक्षक तथा अन्य कर्मचारीहरु गरी ६० जनाको रोजी रोटि गुम्न लागेको भन्दै सरकार तथा सम्वन्धित निकायले गम्भिर हुनु पर्ने पत्रकार सम्मेलनमा बताएका छन ।
सरकारले आगामी वर्ष देखि नर्शिङ्ग कलेज बन्द गर्ने निर्णय गरेसगै आफुहरु वेरोजगार हुने भन्दै उनिहरुले विकल्पको माग समेत गरेका छन । साथै नर्शिङ्ग पढिरहेकाहरुको पनि भविष्य अप्ठेरोमा पर्ने भएको हुदा यस विषयमा सोच्नुपर्ने उनिहरुको भनाई रहेको छ । नर्शिङ्ग कलेज बन्द भएको अवस्थामा वेरोजगार हुने अवस्था आउने भएका कारणले समयमै यस विषयमा सोच्नुपर्ने बेला आएको हुदा समस्याको समाधानका लागी आफुहरुले आग्ह गरेको बिमला डाँगीले बताइन । भेरी नर्सिङ्ग कलेजका प्राचार्य नन्दिता रिजालले नर्सिङ्ग कलेजले अस्पताल खोल्ने व्यवस्था गरिदा त्यसको क्षमताबारे सरकारले अध्ययन नगरेको बताइन ।
यस्तै शिला रावतले लामो समय देखि काम गर्दै आइरहेको ति स्थानमा आफुहरु स्थायी नभएका कारण पनि कलेजहरु बन्द हुँदा रोजीरोटि गुम्ने बताइन । नर्शिङ्ग शिक्षा सम्वन्धि नयाँ व्यवस्था आएपछि मुलुकभर ८० वटा नर्सिङ्ग कलेज बन्द हुने अवस्थामा पुगेको त्यसमा कार्यरत २ सय बढि शिक्षक, कर्मचारीहरुले आफनो रोजगारी गुम्ने देखिन्छ । बैकल्पिक व्यवस्था विना एकाएक नर्सिङ्ग क्याम्पसमा कडाई गरेर सरकारले गलत काम गरेको तर्फ संकेत गर्दै १० वर्ष देखि मापदण्डमा वेवास्ता गर्ने सरकारले एकैचोटी बन्द गराउनु भन्दा क्रमस मापदण्ड पालनाको व्यवस्था गर्नु पर्ने उनिहरुको माग रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकारात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार