बुइपाको चिस्यान केन्द्र उद्घाटनमै सीमित
नेपालबहस संवाददाता
असोज ६, २०७९ बिहिबार १६:४८:२२
६ असोज, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको चस्यान केन्द्र उद्घाटनमै सीमित बनेको छ । उद्घाटन गरेको छ महिना बित्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।
तत्कालीन सङ्घीय सांसद विशाल भट्टराईको संसदीय विकास कोषबाट वितरण गरिएको स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको रु ५० लाख र नगरपालिकाको रु ४० लाखको लागतमा निर्माण गरिएको सो चिस्यान केन्द्र गत चैत २५ गते उद्घाटन गरिएको हो ।
चिस्यान केन्द्र निर्माण उपभोक्ता समितिमार्फत निर्माण गरिएको हो । तीस टन भाण्डारण क्षमताको चिस्यान केन्द्रमा अहिलेसम्म ताला लगायएको छ ।
बुइपाको पुरानो व्यापारिक केन्द्र पञ्चदोबाटोमा निर्माण गरिएको चिस्यान केन्द्रमा किसानले उत्पादन गरेका कृषिउपज न्यूनतम मूल्यमा भण्डारण गरेर राख्ने र बाहिरी जिल्लामा समेत निर्यात गर्ने योजना बनाइएको थियो । चिस्यान केन्द्रमा राख्दा हरियो तरकारी महिना दिनसम्म र फलफूल चार महिनासम्म सुरक्षित रहने बताइएको थियो ।
किसानको उत्पादनको सुरक्षा र मूल्यमा स्थिरता कायम गर्ने अवधारणाअनुरूप चिस्यान केन्द्र निर्माण गरेर सञ्चालनमा ल्याइएको निवर्तमान नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । नगरपालिकाको स्वामित्वमा रहने चिस्यान केन्द्रको रेखदेख वडा कार्यालयले गर्ने बताइए पनि अहिलेसम्म कार्यविधि बनेको छैन ।
पञ्चदोबाटोको दुई रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको चिस्यान केन्द्र उद्घाटन हुँदा बुइपाका स्थानीय कृषक हर्षित भएका थिए । तर चिस्यान केन्द्र सञ्चालनमा नआएपछि अहिले उनीहरु निराश बनेका छन् ।
जिल्लाभरका किसान तथा कृषक समूहले उत्पादन गरेका हरियो तरकारी, आलुको बीउ, फलफूललगायतका कृषिउपज भण्डारण गर्ने गरी बुइपामा निर्माण गरिएको चिस्यान केन्द्र जिल्लाकै पहिलो हो ।
बुइपाका उत्कृष्ट कृषक समूह छनोट गरेर चिस्यान केन्द्र सञ्चालनको जिम्मा दिने तयारी गरिए पनि नगरपालिकाले कार्यविधि नबनाएका कारण सञ्चालन गर्न नसकिएको वडाध्यक्ष दिनेश राईले बताए ।
“कृषक समूहले किसानका कृषिउपज भण्डारण गरेबापत मासिकरूपमा नगरपालिकालाई न्यूनतम भाडा बुझाउनुपर्छ”, उनले भने, “यसका लागि नगरले कार्यविधि बनाएको छैन । अब चाँडै कार्यविधि बनाएर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार