मध्यपहाडी राजमार्गले फेरियो दैलेखको भविष्य
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_UIxDgs76ai.jpeg
)
नेपालबहस संवाददाता
असोज ६, २०७९ बिहिबार १७:०:५३
![](https://nepalbahas.prixacdn.net/media/albums/sadak1-e1663824392373_elvIUvra2L.jpg)
♦नवीन रिजाल
६ असोज, दैलेख । जिल्ला प्रवेश गर्ने पूर्वको जाजरकोटदेखि पश्चिमको अछामसम्म मध्यपहाडी राजमार्गले ल्याएको परिवर्तन दश वर्ष अघि दैलेखका बासिन्दाको लागि कल्पनाको विषय थियो । अझै दैलेख सदरमुकाम भएर मध्यपहाडी आउला भन्ने त सदरमुकामका बासिन्दाले कल्पनानै गर्ने कुरा भएन ।
पूर्वी क्षेत्र भगवतीमाई गाउँपालिकाबाट सुरु भएको मध्यपहाडी राजमार्गले सदरमुकामको मुटु नारायण नगरपालिका, भैरवी गाउँपालिका, दुल्लू नगरपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका हुँदै आठवीस नगरपालिकाका धेरै भूभाग छोएर अछाम जोडिएको छ । जिल्लाभर एक सय २५ किलोमिटर सडक पहाडी राजमार्गले ओगटेको छ । राजमार्गले जोडिएका स्थान वरपरको कृषि उपजले सहजै बजार पाएको छ । स्थानीयले आम्दानी गर्न सकेका छन् ।
जिल्लाको पूर्वमा पर्ने भगवतीमाई गाउँपालिका जाजरकोटको सुयाडासँग जोडिएको छ । मध्यपहाडी राजमार्ग सञ्चालन हुने बित्तिकै सुयाडा क्षेत्र पर्यटकीय गन्तव्य बनेको छ । अग्लो भूभागमा भएका कारण हिउँ खेल्न मात्र नभएर अघिपछि घुमफिर गरेर आन्नद लिनका लागि पर्यटकलाई राजमार्गको यात्रा निकै सहज छ । सुयाडाका किसानले उत्पादन गरेको तरकारी दैलेख बजार पुग्छ भने भगवतीमाई गाउँपालिकाको उत्पादन सजिलै जाजरकोट पुग्ने गरेको छ ।
राजमार्ग सञ्चालनमा आएपछि आर्थिक, सामाजिक र पर्यटकीय क्षेत्रमा परिवर्तन भएको छ । जिल्लाको पूर्वी खण्डमा करिब २९ किलोमिटर सडक कालोपत्र भइसकेको छ । नारायण नगरपालिकाको लोहोरे खोलादेखि भगवतीमाई गाउँपालिका हुँदै जाजरकोटको सुयाछेडासम्मको सडक कालोपत्र भएपछि जाजरकोट र दैलेखको दूरी कम भएको छ । सुर्खेत पुगेर छिन्छु हुँदै जाजरकोट जानुपर्ने समस्या समाधान भएको छ । सिमाना क्षेत्रका केही सडकको काम धमाधम भइरहेको र कालोपत्रको तयारी भएको आयोजना अनुगमनमा खटिएका प्राविधिक बताउँछन् ।
पश्चिम खण्ड छामघाट खोलादेखि भैरवी गाउँपालिकाका, दुल्लू नगरपालिकाको, चामुण्डा बिन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका र आठवीस नगरपालिकाका केही भूभाग समेटेर मध्यपहाडी राजमार्गको पश्चिम खण्ड सञ्चालनमा छ । पश्चिमखण्डका अधिकाँस स्थानमा सडक कालोपत्र गर्ने काम सम्पन्न भएको छ ।
मध्यपहाडी राजमार्ग दैलेख आयोजना प्रमुख युवराज पोखरेलले आगामी वर्ष दैलेख खण्डका सबै सडक कालोपत्र भइसक्ने बताए । पहाडी जिल्लालाई सडक संजालसँग जोडेर उत्पादनको बजारीकरण र सहज यातायात सुविधा पुर्याउने उद्देश्यले निर्माण सुरु गरिएको मध्यपहाडी राजमार्गको सबैभन्दा विवादितमध्येको सदरमुकामको सडकखण्डको काम अहिले तीव्र पारिएको छ । योसँगै दैलेख बजारको लोहोरेदेखि छाम घाटसम्मको सडक निर्माण कार्यले तीव्रता पाएको छ।
प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले विवाद समाधान भएको बताउनुहुन्छ । विवाद समाधान भएसँगै सडक चौडा गर्ने, नाली निर्माण गर्ने, ग्याबिन भर्ने, पर्खाल लगाउनेलगायत काम धमाधम सुरु भएका छन् । केही स्थानमा मुआब्जा वितरण कार्य सकिएसँगै कामले तीव्रता पाएको प्याकुरेलले जानकारी दिए ।
कर्मचारी अभावका बावजुत पनि आयोजनाको तर्फबाट प्रभावकारी काम भएको छ । दैलेखका विभिन्न खण्डमा कामको जिम्मेवारी लिएका १० निर्माण कम्पनीले ठेक्कामार्फत काम सुरु गरेका छन् । पुल निर्माणको जिम्मा छुटै तीन कम्पनीकोे छ । करिब रु चार अर्ब बढी रकम आर्थिक वर्ष २०७९÷८० मा खर्च हुने प्रशासन प्रमुख तीर्थ जिसीले जानकारी दिए । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार