मेक्सिकोमा शक्तिशाली भूकम्प
नेपालबहस संवाददाता
असोज ६, २०७९ बिहिबार २०:४७:२४
६ असोज, एजेन्सी । मेक्सिकोमा बिहीबार शक्तिशाली भूकम्प आएको छ । यसअघि सोमबार मिचोआकानमा आएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा दुई जनाका मृत्यु भएको थियो ।
६.९ म्याग्निच्युड मापन गरिएको यस भूकम्पको केन्द्रबिन्दु पश्चिमी राज्य मिचोआकानको कोलकोमानबाट ८४ किलोमिटर दक्षिणमा प्रशान्त महासागरको तटनजिक रहेको राष्ट्रिय भूकम्प विज्ञान निकायले जनाएको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले ६.८ म्याग्निच्युड अनुमान गरेको छ । मिचोआकानमा सोमबार ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । मेक्सिको सिटीमा सयौं किलोमिटर टाढा हजारौं भवनमा क्षति पुर्याएको थियो । यस भूकम्प आतङ्क फैलाएको थियो ।
स्थानीय समयानुसार बिहीबार बिहान १ः१६ प्रारम्भिक चेतावनी अलार्म बजेपछि मानिसहरूले आफ्नो घरहरू खाली गर्न थालेका थिए । मेक्सिको सिटीका मेयर क्लाउडिया सेनबाउमले आधिकारिक हेलिकप्टरहरू सहरमा उडेको र कुनै पनि क्षतिको प्रारम्भिक रिपोर्ट नरहेको बताउनु भएको छ । भूकम्पपछि सहरमा अहिलेसम्म कुनै क्षति भएको छैन,’ उनले ट्वीट गरेका िथए ।
राष्ट्रिय भूकम्प विज्ञान एजेन्सीकाअनुसार भूकम्प १२ किलोमिटर गहिराइमा परेको थियो, यद्यपी युएसजीएसले मेक्सिको सिटीबाट ४१० किलोमिटर टाढा रहेको २४ किलोमिटर गहिराइ रहेको अनुमान गरेको छ ।
सन् १९८५ र २०१७ मा गएको दुईवटा घातक भूकम्पको वार्षिकोत्सवमा मेक्सिको सिटीमा लाखौं मानिसले आपतकालीन अभ्यासमा भाग लिएको एक घण्टाभन्दा कम समयमै सोमबारको भूकम्प आएको थियो ।
सन् १९८५ सेप्टेम्बर १९ मा आएको ८.१ म्याग्निच्युडको भूकम्पले दश हजार भन्दा बढी मानिसको ज्यान गएको थियो र सयौं भवनहरु ध्वस्त भएको थियो । सन् २०१७ मा ७.१ म्याग्निच्युडको भूकम्पमा परी करिब तीन सय ७० व्यक्तिको मृत्यु भएको थियो । सो भूकम्पमा परी मारिएका व्यक्तिहरु प्राय राजधानी शहरका रहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
अमेरिकाको लस एन्जलस डढेलोमा परी पाँच जनाको मृत्यु, एक हजार भन्दा बढी घर जलेर नष्ट
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार