एभरेष्ट बैंकले सुरू गर्यो इ–पैचो फोनलोन सुविधा, मोबाइलबाटै बिनाधीतो कर्जा लिन सकिने
नेपालबहस संवाददाता
असोज ६, २०७९ बिहिबार २३:४०:३०
६ असोज, काठमाडौं । एभरेष्ट बैंकले “इ–पैचो फोनलोन” सुविधा सुरू गरेको छ । बैंकले योग्य मानेका ग्राहकहरुले मोबाइल एप“इबीएल टच २४” मार्फत बिना धीतो २ लाखसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । इ–पैचो फोनलोन विभिन्न समयको किस्ता बन्दीमा भुक्तानी गर्न सकिने बैंकले जनाएकाे छ ।
यसमा एक महिना भित्र वा ३, ६, ९ अथवा १२ महिनाको लागि किस्ता बन्दीमा चुक्ता गर्न सकिने सुविधा समावेश छ । यसमा ग्राहकहरुको योग्यता मापनमा विभिन्न प्यारामिटरहरुको प्रयोग गरिएको छ । बैंकबाट गरिएका कारोबार, बैंकमा तलब खाता खोलेको छ या छैन, बक्यौता ऋण लिएको छ या छैन लगायतका अन्य प्यारामिटरको प्रयोग गरिएको छ । साथै यसमा आफुले लिएको कर्जा चाँडै तिर्न चाहने ग्राहकको लागि ऋणको बक्यौतासहित पूर्व भुक्तानीको विकल्प पनि उपलब्ध छ ।
इ–पैचो फोन लोनका लागि योग्य ग्राहकहरुले कुनै पनि फोनपे मर्चेन्टमा क्यूआर भुक्तानी गर्दा “Buy Now Pay Later” सुविधा प्रयोग गर्न सक्ने छन् । यी सेवाहरु लिनका लागि ग्राहकले प्रमाणित इमेल ठेगानाको साथै इ–पैचो फोन लोनमा दर्ता गर्नुपर्ने बैंकले जनाएकाे छ ।
इ–पैचो फोनलोनका लागि विभिन्न मापदण्डको आधारमा योग्यता निर्धारण गरि स्वचालित रुपमा कर्जा पाइन्छ । जस्तै तलब खाता, नियमित कारोबार, बैंकसँग कुनै बक्यौता वा ऋण नभएको जस्ता मापदण्ड रहेका छन् । योग्य मानिएका ग्राहकहरुको मोबाइल एपमा इ–पैचोलोनफोन आइकन आउने छ र त्यहाँ दिइएको रजिष्टर बटनमा क्लिक गरी रजिष्टर गरेपछि इमेल प्रमाणिकरण गर्नुपर्ने हुन्छ । इमेल प्रमाणिकरण भएसँगै ग्राहकले रियल टाइममै बिना धीतो कर्जा पाउने छन् ।
इ–पैचो फोनलोनका विषयमा बैंकका रिटेल एण्ड एसएमइ क्रेडिट प्रमुख विष्णु ज्ञवालीले भने, “नेपालमा कर्जा पाउनु निकै कठिन छ । कर्जाको सरल पहुँच बढाउन हामीले योग्य ग्राहकहरुलाई इ–पैचो फोनलोन मार्फत कर्जा उपलब्ध गराउन लागेका छौँ । इ–पैचो फोनलोन सेवामार्फत कर्जा लिन र भुक्तानीगर्न ग्राहकहरुले कुनै चिन्ता लिनु पर्ने छैन । ग्राहकहरुले मात्रै खाता सन्तुलनमा राखी कारोबार गर्नुपर्ने छ बाँकी सबै काम हामीले गर्ने छौँ । ” सन् १९९४बाट सञ्चालनमा आएको एभ्रेष्ट बैंक, नेपाल राष्ट्र बैंकले क वर्गमा वर्गीकरण गरेको बैंक हो ।
देशभर ३९,१६७ डेलिभरी च्यानल, १०,०९८ आन्तरिक शाखा भएको एभ्रेष्ट बैंकसँग १५,७१९ ब्यापारिक घराना आवद्ध रहेका छन् । यसका साथै बैंकका २ अन्तराष्ट्रिय शाखा र देशभर १३,३५० एटीएम बूथ रहेका छन् । इबीएल टच २४ एप डाउनलोड गर्नका लागि आइओएस प्रयोगकर्ताहरुले एप स्टोरबाट र एन्रोइड प्रयोगकर्ताहरुले प्लेस्टोरबाट डाउनलोड गर्न सक्ने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मन्त्री यादवद्वारा खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न निर्देशन
मंसिर २, २०८१ आइतबार
दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना दिवसः सधैँ झस्काइरहन्छ आफन्तलाई
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकमको अवरुद्ध मोबाइल सेवा सञ्चालन
मंसिर २, २०८१ आइतबार
परराष्ट्रमन्त्री नहुँदा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा छलफल हुन सकेन
मंसिर २, २०८१ आइतबार
आँबुखैरेनी अस्पतालले दियो एक सय १७ महिलालाई प्रसूति सेवा
मंसिर २, २०८१ आइतबार