नेप्से परिसूचकको ओरालो यात्रा जारी, कारोबारमा नबिल बैंक शीर्षस्थानमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज ६, २०७९ शुक्रबार ०:३५:१९
![](https://nepalbahas.prixacdn.net/media/albums/nabil-bank_irJjce8WpF.jpeg)
६ असोज, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक नौ दशमलव ८३ अङ्कले ओरालो लागेर एक हजार आठ सय ३८ दशमलव ९६ मा सीमित भएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४५ अङ्कले ओरालो लागेर तीन सय ५९ दशमलव ४३ मा सीमित भएको छ । कूल दुई सय २९ कम्पनीको २५ लाख ४२ हजार आठ सय ९९ कित्ता शेयर रु ६५ करोड ५७ लाख पाँच हजार एक सय ६९ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट देखिएको छ । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २६ खर्ब ४२ अर्ब २७ करोड ६० लाख ७२ हजार नौ सय ६६ बराबर रहेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा आज नबिल बैंक शीर्षस्थानमा छ । सो बैंकको रु दुई करोड ५८ लाख ६८ हजार सात सय ६१ बराबरको कारोबार भयो । बोटलर्स नेपाल तराई रु दुई करोड ४१ लाख ४९ हजार छ सय ४४, अपिपावर कम्पनी रु एक करोड ६१ लाख ४३ हजार तीन सय १८, रिडी हाइड्रोपावर रु एक करोड ५७ लाख ९६ हजार तीन सय ९८ र अरुण काबेली पावर रु एक करोड ५३ लाख २५ हजार एक सय ३२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
बिहीबारको कारोबारमा सामालिङ पावर नौ दशमलव ९८, लक्ष्मी इक्विटी फण्ड चार दशमलव ४२, लक्ष्मी उन्नति कोष तीन दशमलव ९०, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो तीन दशमलव ८८ र अप्पर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले दुई दशमलव ८७ प्रतिशतले कमाएका छन् ।
यस्तै, प्रभु बैंकको ऋणपत्र नौ दशमलव ९३, गरिमा विकास बैंकको ऋणपत्र नौ दशमलव ९०, सेञ्चुरी बैंकको ऋणपत्र पाँच दशमलव ८६, विन्दबासिनी हाइड्रोपावर पाँच दशमलव २६ र श्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव ९६ प्रतिशतले गुमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार