सुरक्षा निकायको प्रारम्भिक अनुसन्धानमा यसरी भएको थियो रुकुममा वस दुर्घटना , मृतक सवैको पहिचान खुल्यो
नेपालबहस संवाददाता
असोज ६, २०७९ शुक्रबार २:५५:१
♦ दीपक शर्मा
६ असोज, बाँके । रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ को क्याङ्सीबगरमा भएको बस दुर्घटनामा ज्यान गुमाउने सबैको पहिचान खुलेको छ । काठमाडौंबाट रुकुमकोट तर्फ गइरहेको ग १ ख ९१०९ नम्बरको बस जिल्लाको भूमे गाउँपालिका वडा नम्बर २ खाबाङ नजिकै वडा नम्बर ३ को क्याङसीबगरमा दुर्घटनामा परेको हो ।
उक्त दुर्घटनामा परी मृत्यु हुनेमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ८ चारगाउँका ३६ वर्षिय पूर्णबहादुर बुढा, भूमे गाउँपालिका वडा नम्बर ५ डालिबाङका वर्ष २३ का बुद्धिमान बुढा, सिस्ने गाउँपालिका वडा नम्बर ६ का २ वर्षिय बालक सिजन खड्का र उनकी आमा ४० वर्षिया लक्ष्मी खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।
दुर्घटनामा परि बस चालक रामेछाप जिल्लाका २६ वर्षिय लिलाभक्त श्रेष्ठको पनि मृत्यु भएको छ । २ वर्षिय बालक सिजन र बुद्धिमानको जिल्ला अस्पताल रुकुमकोटमा मृत्यु भएको हो भने बाँकी ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा परि गम्भिर घाइते ४ जनालाई उपचारका लागि बाँकेको कोहलपुर लगिएको छ सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले नेपाल बहसलाई बताए ।
सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरले सिस्ने गाउँपालिका वडा नम्बर ६ का ३६ वर्षिय लालबहादुर खड्का, सोही ठाउँका ६ वर्षिय साइमान खड्का र १९ वर्षिया निरुता थापा तथा रुकुम पश्चिम आठबीसकोट नगरपालिका १३ का ३५ वर्षिय डम्बर नेपालीको अवस्था गम्भिर भएका कारण थप उपचारका लागी कोहलपुर मेडिकल कलेजमा लगिएको छ ।अन्य घाइतेहरुमा रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ८ का ६१ वर्षिय मोहन बुढा, रुकुम पश्चिम मुसीकोट नगरपालिका वडा नम्बर ११ का २१ वर्षिय घमण्ड खड्का मगर, गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर ८ का २२ वर्षिय किसान क्षेत्री, रुकुम पूर्व भूमे गाउँपालिका वडा नम्बर ५ का २५ वर्षिय खमेन्द्र बढाु, भूमे ३ का ३२ वर्षिय शक्ति पुन, पुथाउत्तरगंगा गाउँपालिका ११ का २२ वर्षिय भरत बुढा, भूमे गाउँपालिका ५ का १९ वर्षिय सुवर्ण बुढा र बाग्लुङको बुर्तिबाङ नगरपालिका १ का १८ वर्षिय सुनिल पौडेल रहेको प्रहरीको भनाई छ ।
बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी आचार्यका अनुसार सो रुटमा चालक नया भएको र घुमाउरो बाटोमा ठुलो खाल्टोमा पर्दा अनियन्त्रीत भई वस पल्टिदा सो घुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको आचार्यले बताए । मध्यपहाडी लोक मार्गमा सो दुर्घटना भएको हो । मोडमा मोडिदै गर्दा बाटोको विच भागमा रहेको खाल्टोमा तिव्र गतिमा रहेको वस अनियन्त्रित भई पल्टिएको देखिएको छ अथप अनुसन्धान भैरहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार