अनुमति लिएर मात्रै सरुवा, सरुवा भएकालाई तीन दिनभित्र हाजिर हुन आयोगको निर्देशन
नेपालबहस संवाददाता
असोज ६, २०७९ शुक्रबार ३:२:३४
६ असोज, काठमाडौं । सरकारले कर्मचारीको सरुवा गर्दा निर्वाचन आयोगको अनुमति अनिवार्यरुपमा लिनुपर्ने भएको छ । अस्थायी मतदाता नामावली सङ्कलन सुरु भएको अवस्थामा कर्मचारीको सरुवा हुँदा नामावली सङ्कलनमा बाधा उत्पन्न हुने भएकोले आयोगले अनुमति लिएर मात्रै सरुवा गर्न सरकारलाई निर्देशन दिएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “मतदाता नामावली सङ्कलनको कार्यमा बाधा पुग्नुका साथै समग्र निर्वाचन ब्यवस्थापनमा प्रतिकूल असर पर्ने हुँदा सरुवा गर्दा अनुमति लिन निर्देशन दिइएको छ ।” आयोगले असोज ५ गतेसम्म सरुवा भएकालाई तत्काल रामाना दिई ९ गतेभित्र हाजिर भइसक्ने व्यवस्था गर्न भनेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमार्फत् आयोगले सबै प्रदेश र स्थानीय सरकारलाई यसप्रकारको निर्देशन दिएको हो । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आयोगले असोज ११ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गर्ने कार्य समेत गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेश भ्रमणमा कडाई, व्यक्तिगत कामका लागि विशेष तथा कूटनीतिक राहदानी प्रयोग गर्न नपाइने
मंसिर ११, २०८१ मंगलबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार