इंग्ल्याण्डमाथि पाकिस्तानको कीर्तिमानी जित
नेपालबहस संवाददाता
असोज ६, २०७९ शुक्रबार ५:३१:२१
६ असोज, काठमाडौं । पाकिस्तानले इंग्ल्याण्ड विरुद्धको दोस्रो टी ट्वान्टी खेलमा कीर्तिमानी जित हात पारेको छ । जितसँगै सात खेलको टी ट्वान्टी श्रृखंला १–१ को बराबरीमा आएको छ ।
इंग्ल्याण्डले प्रस्तुत गरेको २०० रनको लक्ष्य पाकिस्तानले खेल सकिन तीन बल बाँकी छँदै बिना कुनै क्षतिमा २०३ रन बनाएर पुरा गर्यो । पाकिस्तानको अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेट प्रतियोगितामा यो दोस्रो दश विकेटको जित हो ।
पाकिस्तानको जितमा ओपनर ब्याट्सम्यान समेत रहेका कप्तान बाबर आजमले अविजित रहँदै ११० रनको योगदान दिए । उनले मात्र ६६ बलमा ११ चौका र पाँच छक्काको सहयोगमा शतकीय पारी खेले । अर्का ओपनर मोहम्मद रिजवानले मात्र ५१ बलमा पाँच चौका र चार छक्काको सहयोगमा ८८ रनको योगदान दिए ।
त्यसअघि, कराँचीमा टस जितेर पहिला ब्याटिंग गरेको इंग्ल्याण्डले मोइन अलिको विष्फोटक पारीको सहयोगमा २० ओभरमा पाँच विकेटको क्षतिमा १९९ रनको योगफल तयार गरेको थियो ।
मोइनले मात्र २३ बलमा चार चौका र चार छक्काको सहयोगमा ५५ रनको योगदान गरे । बेन डकेटले ४३ तथा फिल साल्टले ३० रनको योगदान दिए । पाकिस्तानका लागि शहनवाज दहानी र हरिश रौफले सामान दुई दुई तथा मोहम्मद नवाजले एक विकेट लिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार