सडक सञ्जालले बाँकेका ग्रामीण बस्ती जोडिदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_uqPkqdCEYO.jpeg
)
नेपालबहस संवाददाता
असोज ७, २०७९ शुक्रबार १६:१०:५
![](https://nepalbahas.prixacdn.net/media/albums/Nepalganj_Sub_Metro_YC0z88p3eN.jpg)
७ असोज, बाँके । बाँकेका गाम्रीण बस्ती नेपालगञ्ज बजारको सडक सञ्जालसँग जोडिदै गएपछि विकासका पूर्वाधार पनि बढ्दै छन् । कुल २३ वडा रहेको नेपालगञ्ज उपमहानगरपालिकामा अहिले एक सय १६ किलोमिटर सडक कालोपत्र गरिएको छ । ग्रामीण बस्तीमा विकासका पूर्वाधार धमाधम बन्दैछन् ।
एसियाली विकास बैंकको करिब रु चार अर्बको सहयोगमा नेपालगञ्जमा सडक कालोपत्र र नाला निर्माणले नजिकका गाउँबस्तीलाई नेपालगञ्जसँग नजिकियाएको छ । नेपालगञ्ज उपमहानगरको एकीकृत सहरी विकास आयोजनासँगै गाउँपालिकाबाट सञ्चालन भइरहेका सडक कालोपत्रले गति लिएपछि नेपालगञ्ज र ग्रामीण बस्तीको दूरी क्रमशः घट्दै गएको हो । बाँकेका ग्रामीण क्षेत्रमा अहिले पक्की सडक, पुल–पुलेसा निर्माण हुन थालेपछि नयाँ उद्योग, व्यवसाय स्थापना गर्ने क्रम पनि बढेको छ ।
“स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आए पछि कामले तिव्रता पाएको हो, काम गर्ने क्रममा ढिलो–चाँडो हुनसक्छ”, नगरप्रमुख प्रशान्त विष्ट भन्छन् । नेपालगञ्ज नगरमा सडक विस्तार योजनासँगै अन्तर्राष्ट्रियस्तरको जल उद्यान ९वाटरपार्क० निर्माण, रानी तलाउको जीर्णोद्धार, महेन्द्र उद्यानको स्तरोन्नति, डम्पिङ साइट, आधुनिक बसपार्क निर्माणको काम पनि धमाधम भइरहेको उनले बताए ।
यसैगरी नगरपालिकाले सञ्चालन गरेको हरियाली अभियानअन्तर्गत सुर्खेत सडकखण्डमा रुख रोप्ने कामलाई तीव्रता दिइएको उनले बताए । नेपालगञ्जलाई उत्कृष्ट नमूना सहर बनाउने लक्ष्यका साथ उपमहानगरले विकासका महत्वपूर्ण योजनालाई प्राथमिकीरण गर्दै निर्माणकार्यसमेत अघि बढाएको छ ।
“हामीले पहिलो चरणमा नगरका अधिकांश भागमा सडक, ढल, नाला, डम्पिङ साइट निर्माणलगायत पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ”, नगरप्रमुख विष्टले बताए । नगरमा थुप्रै विकास निर्माण योजनाका काम जारी रहेको उल्लखे गर्दै उनले विकासमा जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताबीच सहकार्य सौहार्दपूर्ण रहेको बताए ।
उपमहानगरले नेपालगञ्ज–४ स्थित साढे चार बिघा क्षेत्रफलमा अत्याधुनिक बसपार्क निर्माण, नेपालगञ्ज–२ न्यूरोडस्थित आठ कठ्ठा क्षेत्रफलमा अत्याधुनिक बहुउद्देश्यीय साततले भवन तथा नेपालगञ्ज–८ स्थित मङ्गलप्रसाद मावि परिसरमा महिला कलेजका लागि भवन निर्माणलगायत योजनालाई प्राथमिकतामा राखेको छ ।
उपमहानगरपालिकाले महिला कलेजका लागि रु आठ करोड बजेट विनियोजन गर्नुका साथै डिपिआर तयार गरेर निर्माणका लागि ठेक्का आह्वान गर्ने गरी काम अगाडि बढाएको छ । मुस्लिम, मधेसी र अल्पसङ्ख्यक समुदायका छात्रालाई उच्च शिक्षामा पहुँच बढाउन महिला कलेज स्थापना गर्न लागिएको हो ।
यसैगरी अन्डरग्राउण्ड पार्किङसहितको सुविधासम्पन्न सपिङ क्म्प्लेक्स भवन निर्माणका लागि डिपिआर तयार भएको छ । अब निर्माण प्रक्रिया चाँडै सुरु गरिने छ । उपमहानगरपालिकाले नगरको फोहर व्यवस्थापन र सरसफाइलाई प्राथमिकतामा राखेर हिरमिनियामा निर्माण गरेको ल्याण्डफिल्ड साइट पनि सञ्चालनमा गर्ने तयारी छ । नेपालगञ्जमा दैनिक २५ देखि ३० टनसम्म फोहर विसर्जन हुन्छ ।
यस्तै उपमहानगरले वडा नं २१ मा खुला काञ्जी हाउस निर्माण गरेर डेढ सयभन्दा बढी छाडा पशुचौपायालाई आश्रय दिएको छ । सोही क्षेत्रमा गौशाला निर्माणको प्रक्रिया पनि अघि बढाइएको नगरप्रमुख विष्टले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
रुपन्देहीमा लागुऔषध कारोबारी बढे, ठूलो परिणामको चरेससहित ७ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
रिंकुकुमारी मृत्यु प्रकरणको अनुसन्धान गर्न मधेश सरकारले बनायो एसएसपीको नेतृत्वमा समिति
फागुन ६, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणः धरौटीमा रिहा भएका रवि लामिछाने तारेखका लागि धाइरहेका छन अदालत
फागुन ६, २०८१ मंगलबार
पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि
फागुन ६, २०८१ मंगलबार
सन् २०३५ मा उत्सर्जन ६० प्रतिशतले घटाउने जापानको लक्ष्य
फागुन ६, २०८१ मंगलबार
स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो
फागुन ६, २०८१ मंगलबार
प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विषयमा माइतीघर मण्डलामा विरोध [ फोटो फिचर ]
फागुन ६, २०८१ मंगलबार