‘न्यूड सुपेरियर भोड्का’ बजारमा
नेपालबहस संवाददाता
असोज ७, २०७९ शुक्रबार २२:२१:१७
७ असोज, काठमाडौं । ‘दि नेपाल डिस्टीलरिज’ले उच्चकोटीको ‘न्यूड सुपेरियर भोड्का’ बजारमा ल्याएको छ । काठमाडौंमा आयोजित एक बहुप्रतिष्ठित फेसन विकअन्तर्गत नेपालकै प्रतिष्ठित डिजाइनर शिवाङ्गी प्रधान तथा चुपलाग स्टूडियो र शो स्टपर साम्राज्ञी आर.एल. शाहको सिक्वेन्समा बिहीबार साँझ ‘न्यूड सुपेरियर भोड्का’ अनावरण गरिएको हो ।
‘न्यूड सुपेरियर भोड्का’ सम्भवतः नेपालको पहिलो राइसबेस्ड भोड्का हो । राइसबेस्ड भएका कारण यसमा अभूतपूर्व प्राकृतिक मिठास पाउन सकिन्छ भने यसमा अतिरिक्त चिनी मिश्रण गरिएको छैन । साथै, ग्लुटेन फ्री तथा ग्लिसरिन फ्री जस्ता विशेषताले भोड्कालाई थप उच्चकोटीको बनाएको छ । ‘न्यूड सुपेरियर भोड्का’को डिजाइन गर्दा स्वास्थ्यप्रति सचेत २१ औं शताब्दीका उपभोक्ताको चाहना र मागलाई पूर्ण रुपमा ध्यान दिइएको छ ।
विभिन्न स्पिरिटमध्ये भोड्का एक ‘फन स्पिरिट’ हो । यस्तो पेयमा मुख्यतया युवाहरुको बढी रुची देखिन्छ । नेपाली युवाहरु गतिशील छन् र केही न केही गुणस्तरीय एवम् समसामयिक, मौलिक स्वाद मन पराउँछन् । त्यस्ता चाहनाहरुलाई समेत सम्बोधन गर्दै नेपाली बजारमा उच्च कोटीको भोड्काको रुपमा ‘न्यूड सुपेरियर भोड्का’ ल्याइएको हो ।
अतिरिक्त स्मूथनेस र उत्कृष्टताका लागि सानो ब्याचमा चारकोल फिल्टर गरी ‘न्यूड सुपेरियर भोड्का’ तयार पार्ने गरिन्छ । सत्प्रतिशत स्थानीय सामाग्रीहरु प्रयोग गरी ४० वर्षभन्दा बढी अनुभवी अन्तराष्ट्रिय स्तरका ख्यातिप्राप्त ब्लेण्डर क्रिस्टोफर आम्र्स(ऋजचष्कतयउजभच ब्चmभक)ले ‘न्यूड सुपेरियर भोड्का’ डिजाइन गरेका हुन् । यो भोड्का निट पिउँदा घाँटीमा अतिरिक्त जलनको कुनै अनुभव हुँदैन । भोड्कालाई चिसो बनाई पिउने विश्वव्यापी प्रचलन छ, ‘न्यूड सुपेरियर भोड्का’ पनि यसैगरी पिउन द नेपाल डिस्टीलरिजले सुझाएको छ । यसका अतिरिक्त यसलाई बरफमा राखेर पिउन सकिन्छ भने ककटेलहरुमा पनि प्रयोग गर्न सकिन्छ ।
यो भोड्कालाई विशेष र विश्वस्तरीय रुपमा विकास गर्ने कामको सुरुवात सन् २०१९ बाट नै भएको थियो । ‘न्यूड सुपेरियर भोड्का’को विकास गर्नुअघि आम उपभोक्ता र रेष्टुरेन्टहरुमा व्यापक परीक्षण र प्रतिक्रियाका श्रृंखलाहरु सञ्चालन गरिएका थिए । यो क्रममा सहभागीहरुले ‘न्यूड’को स्वादलाई औधी रुचाएका थिए ।
७ असोज, काठमाडौं । स्वाद र गुणस्तरजस्तै ‘न्यूड सुपेरियर भोड्का’को प्याकेजिङ पनि विशेष रहेको उल्लेख गर्दै ‘दि नेपाल डिस्टीलरिज’का महाप्रबन्धक शुभाष लामिछानेले भन्नुभयो– ‘न्यूड सुपेरियर भोड्का’लाई सिसाको कस्मेटिक बोतलमा प्याक गरिएको छ, जसले लिक्वीडलाई थप प्रष्टता दिन्छ । बोतलमा प्रयोग गरिएको क्याप ‘द नेपाल डिस्टीलरिज’का अन्य ब्राण्डजस्तै पुनः रिफिल गर्न सकिन्न ।’
थप प्रष्ट पार्दै उहाँले अगाडि भने–‘विदेशमा बन्ने प्रिमियम गुणस्तरको भोड्का स्वदेशमै तयार भएकोले त्यस्ता पेय पदार्थ आयात गर्नुपर्ने बाध्यता हटी राष्ट्रिय अर्थतन्त्रलाई थोरै भए पनि टेवा पुर्याउने हाम्रो उद्देश्य हो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार