देउवा समुहको एकलौटीविरुद्ध शेखर कोइराला पक्षले आज खबरदारी सभा गर्दै
नेपालबहस संवाददाता
असोज ८, २०७९ शनिबार १५:५:३५
८ असोज, काठमाडौं । समानुपातिक उम्मेदवारको बन्द सूचीमा सभापति शेरबहादुर देउवा समूहले एकलौटी गरेको भन्दै इतर समूह प्रतिकारमा उत्रिने निर्णय गरेको छ । सभापति देउवाका कारण सत्तारुढ दल नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ ।
१४ औं महाधिवेशनका सभापतिका प्रत्यासी डा. शेखर कोइराला समूहले सभापति देउवाले एकलौटी गरेको विरोधमा शनिबार खबरदारी सभाको आयोजना गरेको छ ।
शेखर समूहले शनिबार बानेश्वर ब्यांक्वेटमा दिउँसो १ बजेलाई खबरदारी भेला बोलाएको छ खबरदारीसभा थापागाउँस्थित बानेश्वर ब्याक्वेटमा तय भएको छ ।
आज दिउँसो १ बजे राखिएको खबरदारीसभामा पार्टीका भातृ संगठन र शुभेच्छुक संस्थालाई पनि निम्ता गरिएको छ । सभामा केन्द्रीय तथा जिल्लाका नेतासहित कोइराला पक्षका जिल्ला सभापतिहरुसमेत उपस्थित रहने बताएको छ । निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीमा एकलौटी गरेको भन्दै सत्तारुढ दल नेपाली कांग्रेसमा असन्तुष्टि चुलिदै गएको छ ।
सत्ता गठबन्धन दलबीच सीट बाँडफाँटमा सहमति नभएका बेला कांग्रेसभित्र भने दुई समूहबीच नै समस्या देखिएको छ । शेखर समूहले आगामी चुनावका लागि प्रतिनिधिसभा र प्रदेशसभामा कम्तिमा ४० प्रतिशत सिट आफ्नो पक्षका नेतालाई दिन माग गरिरहेको छ ।
शेखर समूहले पटकपटक भेला र बैठक गरेर सभापति शेरबहादुर देउवालाई दबाब दिंदै आएको छ । साथै आफूहरूलाई न्यायोचित व्यवहार नगरिए गठबन्धनमा समेत समस्या आउने शेखर समूहले चेतावनी दिइरहेको छ ।
कांग्रेसले प्रत्यक्षतर्फ उम्मेदवार चयन गर्नेबारे भने छलफल गरिसकेको छैन । सत्ता गठबन्धनसँग मिलेर कांग्रेस मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा जाने निर्णय गरेको थियो । कांग्रेसले प्रत्यक्षतर्फ कति सिटमा उम्मेदवारी दिने भन्ने पनि टुंगो लागेको छैन।
याे पनि :
कोइराला समूहको खबरदारीसभा बानेश्वर ब्याक्वेटमा तय, भातृ र शुभेच्छुक संस्थालाई पनि निम्तो
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार