भारतले अष्ट्रेलियालाई छ विकेटले हरायो
नेपालबहस संवाददाता
असोज ८, २०७९ शनिबार १५:२९:४८
८ असोज, काठमाडौं । भारतले दोस्रो टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा अष्ट्रेलियालाई छ विकेटले हराएको छ । जितसँगै भारतले तीन खेलको श्रृखंला १–१ को बराबरीमा ल्याएको छ ।
अष्टे्रलियाले प्रस्तुत गरेको ९१ रनको लक्ष्य पछ्याउँदै भारतले खेल सकिन ४ बल बाँकी छँदै ४ विकेटको क्षतिमा ९२ रन बनाएर पुरा गर्यो । वर्षाले प्रभावित खेल आठ ओभरमा छोट्याइएको थियो । भारतले उत्कृष्ट सुरुवात गर्दै बिना कुनै क्षतिमा तीन ओभरमै ३९ रन जोडेको थियो । तर ओपनर करण लोकेश राहुल दश रन बनाएर पेभेलियन फर्केपछि ब्याटिंग गर्न आएका विराट कोहली, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या सस्तोमै पेभेलियन फर्किदा दबाबमा आयो ।
अर्का ओपनर रोहित शर्माले विष्फोटक ब्याटिंग गरिरहँदा ७७ रनमा ४ विकेट गुमाएको भारतलाई अन्तिम सात बलमा १४ रन आवश्यक थियो । विकेटकीपर ब्याट्सम्यान दिनेश कात्र्तिकले एक चौका र एक छक्का लगाउँदै भारतलाई जित दिलाए । कप्तान रोहितले संयमित तर विष्फोटक पारी खेल्दै मात्र २० बलमा चार चौका र चार छक्काको सहयोगमा ४६ रनको अविजित पारी खेले ।
त्यसअघि नागपुरमा टस हारेर ब्याटिंग गर्ने निम्ता पाएको अष्ट्रेलियाले कप्तान समेत रहेका ओपनर आरोन फिञ्चको ३१ र म्याथ्यु वाडेको ४३ रनको सहयोगमा ९० रनको उत्कृष्ट योगफल तयार गर्यो । भारतीय बलरहरुमा अक्षर पटेलले दुई र जसप्रित बुमराहले एक विकेट लिए । रोहित शर्मा प्लेयर अफ द् म्याच घोषित भए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार