सिरहामा यस वर्ष धान उत्पादनमा वृद्धि हुने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज ८, २०७९ शनिबार २२:२४:३२
![](https://nepalbahas.prixacdn.net/media/albums/chaite-dhan_nzcyEYldaj.jpg)
८ असोज, गोलबजार । सिरहामा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । समयमा वर्षा र मौसम अनुकूल हुनुका साथै धान रोपाइँ समयमै भएकाले उत्पादनमा वृद्धि हुने आशा गरिएको हो ।
सिरहामा ७३ हजार नौ सय १४ हेक्टर खेतीयोग्य जमिन रहेको छ । यस वर्ष ५४ हजार हेक्टरमा धान रोपाइँ भएको छ । गत आर्थिक वर्षमा एक लाख ६२ हजार चार सय ३० मेट्रिकटन धान उत्पादन भएकामा चालु आर्थिक वर्षमा वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख नरेन्द्रकुमार महासेठले बताए । रोग किराको प्रकोप कम भएको र समयमै पर्याप्त वर्षा भएकाले धान उत्पादन बढ्ने उनको भनाइ छ ।
किराको प्रकोप देखिए पछि प्रावधिक, कृषि ज्ञान केन्द्र र बाली संरक्षण प्रयोगशालाबाट किरा नियन्त्रण गर्न प्राविधिक खटाइएको कार्यालयका सूचना अधिकारी परमानन्द चौधरीले बताए ।
रासायनिक मल सहजरुपमा उपलब्ध हुन सकेको भए उत्पादन अझ बढ्ने उनको भनाइ छ । सिरहामा सोना मन्सुरी, कान्छी, राधा १२, सावित्री, रामधान, मन्सुली, हर्दिनाथ, तरहरा–१, सुगा–३ स्थानीय वास्मती, सावित्री, कतरनीलगायत धान लगाउने गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनको गाजर र चुकन्दर जर्मनी निर्यात
फागुन ४, २०८१ आइतबार
तोरीखेतीतर्फ आकर्षित हुँदै भद्रपुरका किसान
फागुन ३, २०८१ शनिबार
प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउन अभियान सुरु
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
सोविता गौतम र सुमना श्रेष्ठलाई बोल्न नदिएकोबारे सभामुखको प्रष्टीकरणः स्टन्टबाजी भयो
फागुन ६, २०८१ मंगलबार
शपथ खाएर झुटो बोलेको भन्दै सिंगापुरका सांसदलाइ १४ हजार डलर जरिवाना
फागुन ६, २०८१ मंगलबार
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार