उग्र बन्दै इरानमा प्रदर्शन, सयौँ आन्दोलनकारी पक्राउ
नेपालबहस संवाददाता
असोज ९, २०७९ आइतबार १२:५७:४३
९ असोज, काठमाडौं। एउटी युवतीको हिरासतमा मृत्यु भएपछि इरानी प्रहरीले एक साताभन्दा लामो प्रदर्शनका क्रममा मात्र एउटा प्रान्तमा ७०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको तस्निम समाचार एजेन्सीले शनिबार जनाएको छ । गुइलान प्रान्तका प्रहरी प्रमुख जनरल अजिजोल्लाह मलेकीले ६० जना महिलासहित ७३९ प्रदर्शनकारीलाई गिरफ्तार गरिएको बताएका छन् ।
२२ वर्षीया कुर्दिश महिला महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएका थियो । प्रदर्शनका क्रममा ५० भन्दा बढी मृत्यु भएको मानवअधिकारवादी समूहले जनाएको छ । अहिलेसम्मको प्रदर्शनमा कम्तीमा ५० प्रदर्शनकारीको मृत्यु भएको ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान ह्युमन राइट्सले जनाएको छ । यद्यपि, यो संख्या ३५ रहेको सरकारले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । प्रदर्शनकारीले सर्वोच्च नेता आयतोल्लाह अली खमेनीको तस्बिर जलाएर उनको राजीनामा माग गरेका छन् ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा प्रदर्शनकारीले राजधानी तेहरानका विभिन्न स्थानमा साँझ परेपछि जम्मा भएर हिजाबविरोध प्रदर्शन गरेका देख्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार
अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु
माघ १, २०८१ मंगलबार
महा कुम्भमा एक करोड ३८ लाख भक्तजनले गरे सङ्गममा स्नान
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
स्वास्थ्य बिमा ऐन संशोधन, बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार
अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु
माघ १, २०८१ मंगलबार