कांग्रेसको बन्दसूचीमा डा. शेखर कोइराला पक्ष रुष्ट, पहिलो नम्बरमा विमलेन्द्र निधि [ हेर्नुहोस् सूची ]
नेपालबहस संवाददाता
असोज ९, २०७९ आइतबार १७:३१:२४
९ असोज, काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा संस्थापन इतर समुहको नामावली थोरै रहेको छ । कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा १०९ जनाको नामावलीमा संस्थापन इतर पक्षका १३ जना मात्र रहेका छन् ।
संस्थापन इतर पक्षबाट डा. चन्द्रमोहन यादव, प्रतिमा गौतम, लीला बोखिम, टेकप्रसाद गुरुङ, केशरमान रोका, केदारनरसिंह केसी, हस्तबहादुर मल्ल, मैना रावल कार्की, उमा दाहाल, किरण कोइराला, मुख्तबहादुर महतो, नागिना यादव र मुख्ता यादव छन् ।
कांग्रेसको बन्दसूचीको पहिलो नम्बरमा विमलेन्द्र निधिको नाम छ । त्यसपछि क्रमशः फरमुल्लाह मन्सुर, जीवन परियार, डा. प्रकाशरण महत र आनन्दप्रसाद ढुंगाना छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा आठौं नम्बरमा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण नवौं नम्बरमा रहेकी छिन् ।
शेखर पक्षका नेता अर्जुन नरसिंह केसीको नाम समानुपातिकतर्फ सिफारिस गरिए पनि बन्दसूचीमा राखिएको छैन । मेडिकल कलेज सञ्चालक खुमाप्रसाद अर्याल भने बन्दसूचीमा अटेका छन् ।
यता बन्दसूचीमा आफूहरुको सम्मानजनक प्रतिनिधित्व नगराइएको भन्दै डा. शेखर कोइराला पक्ष रुष्ट छ । यो समुहले शनिबार काठमाडौंमा खबरदारी सभा गरेर प्रत्यक्षको सीट बाँडफाँट र टिकट वितरणमा न्याय नभए चुनाव हारिने चेतावनी समेत दिएको छ । पार्टी सभापति शेरबहादुर देउवासँगै गठबन्धनका नेताहरुलाई समेत खबरदारी सभामार्फत खबरदारी गरेका छन् ।
‘खबरदारी सभा’मा शेखर समूहका नेता गुरुराज घिमिरेले गुटका नाममा आफ्नो वरिपरिका केही मानिसलाई अवसर दिएर पार्टी नबाँच्ने बताएका थिए । पार्टीमा न्यायोचित रुपमा टिकट वितरण भए ४०/६० को गणित आवश्यक नपर्ने उनले बताए । ‘न्यायोचित भएन भने ४० प्रतिशत भन्दा १ प्रतिशत पनि मञ्जुर छैन’, उनले भने, ‘४० प्रतिशतको भाग खोज्ने प्रतिपादक तपाईं (देउवा) हो । हामी टुलुटुलु हेरेर बस्दैनौं ।’
हेर्नुहोस् सूची
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमण तयारी गर्न मंसिर १३ गते परराष्ट्र मन्त्री राणा चीन जाने
मंसिर १०, २०८१ सोमबार
बादी समुदायको पुर्ख्यौली पेसा संकटमा
मंसिर १०, २०८१ सोमबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
मंसिर १०, २०८१ सोमबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार