कांग्रेसको बन्दसूचीमा देउवानिकट नेतामात्रै होइन प्रेस सल्लाहकारदेखि मिटरब्याजीसम्म (हेर्नुस प्रदेशसूची)
नेपालबहस संवाददाता
असोज ९, २०७९ आइतबार १८:५६:४
९ असोज, काठमाडौं । नेपाली कांग्रेसमा लामो समय त्याग तपस्या र बलिदान गरेका नेताहरुलाई पाखा लगाउँदै सभापति शेरबहादुर देउवाले एकलौटी रूपमा समानुपातिककाे बन्दसूची सिफारिस गरेको संस्थापन इतर समूहले आरोप लगाएको छ ।
कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले समानुपातिककाे बन्दसूचीमा आफ्ना समूहका नेता तथा कार्यकर्तामाथि अन्याय गरिएको र प्रत्यक्षतर्फ उम्मेदवारी चयनमा समेत एकलौटी हुनसक्ने भन्दै शेखरपक्षीय नेताहरूले आन्दोलन र निर्वाचन बहिष्कारसम्मका योजना अघि सारेर नेतृत्वमाथि दबाब बढाएपछि गठबन्धनमा सामेल अन्य दलका नेतासमेत झस्किएका छन् ।
शेखर समूहले प्रत्यक्षतर्फको मात्रै नभई असोज ३ मा बुझाइएको समानुपातिकतर्फको बन्दसूची पनि सच्याउनुपर्ने माग गरेका छन । निर्वाचन आयोगले दिएको असोज १६ सम्मको समयसीमामा संस्थापनइतर समूहबाट ४० प्रतिशतको हाराहारीमा उम्मेदवार राखिनुपर्ने माग छ ।
निर्वाचन आयोगमा बुझाइएको प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा देउवापत्नी आरजु राणा देउवादेखि गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसम्म रहेका छन् । बन्दसूचीमा सभापति देउवानिकट नेतामात्रै होइन व्यापारिक पृष्ठभूमिका व्यक्तिहरूलाई पनि राखिएको छ । त्यस्तै मिटरब्याजीदेखि तस्कर र व्यापारीसम्म पनि कांग्रेसको समानुपातिकको बन्दसूचीमा अटाएका छन् । बन्दसूचीको नामावलीको पहिलो नम्बरमा नाम रहेका पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको नाम पनि बन्दसूचीमा रहेको छ भने वर्तमान सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियार पनि समानुपातिकबाटै चुनाव लड्ने छन् ।
त्यसैगरी शेखर समूह निकट पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवको नाम पनि बन्दसूचीमा रहेको छ । त्यसैगरी कांग्रेस प्रवक्ता प्रकाशशरण महत र पूर्वमन्त्री रोमी गौचन थकाली पनि समानुपातिक सूचीमा रहेका छन् । त्यस्तै प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारलाई पनि समानुपातिक सूचीमा राखिएको छ ।
त्यस्तै नेता अर्जुननरसिंह केसीका भाइसमेत रहेका डा. केदारनरसिंह केसी, देउवानिकट केन्द्रीय सदस्य अब्दुल सतारको नाम पनि बन्दसूचीमा रहेको छ । त्यस्तै लेखा समितिका पूर्वसभापतिसमेत रहेका भरत शाहकी पत्नी अनिता ढुंगाना शाहको नाम पनि बन्दसूचीमा राखिएको छ ।
शेखर समूहले प्रत्यक्षतर्फको मात्रै नभई असोज ३ मा बुझाइएको समानुपातिकतर्फको बन्दसूची पनि सच्याउनुपर्ने माग गरेका छन । निर्वाचन आयोगले दिएको असोज १६ सम्मको समयसीमामा संस्थापनइतर समूहबाट ४० प्रतिशतको हाराहारीमा उम्मेदवार राखिनुपर्ने माग छ । आफूहरूले न्यायोचित सीट नपाए शेखर समूहले अनशन, धर्ना र निर्वाचन बहिष्कारसम्मका वैकल्पिक संघर्षको चेतावनीसमेत दिएको छ ।
सभापति देउवाको यो पाराले प्रदेश र संघमा पनि पार्टीभित्र त्याग र संघर्ष गरेका, योग्य, क्षमतावान् र लोकप्रियलाई उम्मेदवार नबनाई एकलौटी गर्ने सम्भावना देखिएको छ । इतरपक्षलाई न्यून उम्मेदवार दिएर आफ्नो विरोधी समूहलाई समाप्त गर्ने नियत देउवमा देखिएपछि शेखरपक्षीय नेताहरुले बालुवाटार घेराउदेखि विरोधका कार्यक्रममा जाने चेतावनी दिएका छन् ।
हेर्नुहोस् प्रतिनिधिसभातर्फको बन्दसूची
प्रदेश १ को समानुपातिक सूची
मधेस प्रदेशको समानुपातिक सूची
वाग्मती प्रदेशको समानुपातिक सूची
गण्डकी प्रदेशको समानुपातिक सूची
लुम्बिनी प्रदेशको समानुपातिक सूची
कर्णाली प्रदेशको समानुपातिक सूची
सुदूरपश्चिम प्रदेशको समानुपातिक सूची
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बादी समुदायको पुर्ख्यौली पेसा संकटमा
मंसिर १०, २०८१ सोमबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
मंसिर १०, २०८१ सोमबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार
भारतीय ब्यापारी गौतम अडानीमाथी बंगलादेशले पनि छानबिन गर्ने
मंसिर १०, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार