बैतडीका मतदान केन्द्रको अनुगमन
नेपालबहस संवाददाता
असोज ९, २०७९ आइतबार २१:३:३३
९ असोज , बैतडी । बैतडीका मतदानस्थल र मतदान केन्द्रमा सुरक्षा अवस्थाको बारेमा जानकारी लिन अनुगमन थालिएको छ ।
आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला सुरक्षा समितिले मतदानस्थल र मतदान केन्द्र अनुगमन/निरीक्षण कार्यको अनुगमन थालेको हो ।
हालसम्म जिल्लाका नौ स्थानीय तहमा रहेका मतदानस्थल र मतदान केन्द्रको अनुगमन/निरीक्षणकार्य सम्पन्न भइसकेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शङ्करबहादुर बोहोराले जानकारी दिए ।
जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका, सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका, शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा रहेका मतदानस्थल र मतदान केन्द्रको अनुगमन गरिएको छ ।
उहाँले भन्नुभयो, “१० स्थानीय तह रहेको यहाँको पञ्चेश्वर बाहेक सबै स्थानीय तहका मतदानस्थल र मतदान केन्द्रको अनुगमन/निरीक्षण गरिएको छ, त्यहाँ पनि केही दिनमै जाने तयारी छ ।
” निर्वाचनको तयारीस्वरुप जिल्लाका स्थानीय तहमा रहेका मतदानस्थल र मतदान केन्द्रको अनुगमन÷निरीक्षण कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए।
उनले भने,“मतदानस्थल र केन्द्रको भौतिक अवस्था, सुरक्षा संवेदनशीलतालगायतका पक्षमा अनुगमन गरिएको छ, मतदानस्थल र मतदान केन्द्र अपाङ्गमैत्री छन् कि छैनन् रु सुरक्षा संवदेनशीलताका के छ रु भन्ने विषयमा अध्ययन गरेका छौँ । त्यहीअनुसार निर्वाचनमा अगाडि बढ्छौँ ।”
अनुगमन गरेका स्थानीय तहमा मतदानस्थल र मतदान केन्द्रको अवस्थाका बारेमा जानकारी लिइएको र समस्या देखिएका ठाउँमा सम्बन्धित तहलाई समाधान गर्न आग्रह गरिएको छ ।
केही मतदानस्थल र मतदान केन्द्र तोकिएका विद्यालयमा छानो उडेको पाइएकाले तत्काल मर्मत गर्न मौखिक निर्देशन दिइएको र जिल्ला सुरक्षा समितिका तर्फबाट लिखित निर्देशनसमेत दिइने जनाएको छ ।
मतदानस्थल र केन्द्र पुनरावलोकन गरेका ठाउँमा समेत अनुगमन गरेको बताइएको छ । अनुगमन सकिएपछि मतदानस्थल र मतदान केन्द्रको सुरक्षा संवेदनशीलता निर्धारण गरिने बताइएको छ ।
बैतडीमा एक सय २९ मतदानस्थल र दुई सय १० मतदान केन्द्र रहेका छन् । यहाँका एक लाख ५० हजार एक सय ५६ मतदाता प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च
जेठ १, २०८१ मंगलबार
मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने
जेठ ४, २०८१ शुक्रबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार