गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भित्रिने क्रम बढ्दो
नेपालबहस संवाददाता
असोज ९, २०७९ आइतबार २१:३२:२०
९ असोज , बेदकोट । पश्चिमी सीमा नाका गड्डाचौकीबाट भित्रिने विदेशी पर्यटकको संख्या बढ्दै गएको छ । कोरोना महामारीपछि बन्द रहेको नाका खुलेसँगै पछिल्लो समय भारत हुँदै नेपाल भित्रिने विदेशी पर्यटकको संख्या बढ्दो रहेको छ । गड्डाचौकी नाकाबाट भित्रिने तेस्रो मुलुकका पर्यटकको संख्या बढ्दो रहेको अध्यागमन कार्यालयका प्रमुख पदमराज भट्ट बताए ।
“यहाँबाट अहिले तेस्रो मुलुकका नागरिकलाई प्रस्थान बन्द गरिएको छ, विदेशी पर्यटक भित्रिने क्रम भने बढ्दो छ”, उनले भने, “कोरोना नियन्त्रणसँगै नाका खुलेपछि नेपाल भित्रिने पर्यटकको संख्या बढ्दै गएको छ ।”
अध्यागमन कार्यालय गड्डाचौकीको तथ्याङ्कअनुसार आठ महिनाको अवधिमा एक सय ९३ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२१ मा ५८ जना पर्यटक गड्डाचौकीबाट भित्रिएका थिए ।
सन् २०२२ को जनबरीमा १५, फेब्रोरीमा सात, मार्चमा २९, अप्रिलमा २२, मेमा २२, जुनमा २९, जुलाइमा २८ र अगष्टमा ४१ जना तेस्रो मुलुकका नागरिक भित्रिएको अध्यागमन अधिकृत भट्टले जानकारी दिए ।
उनका अनुसार गड्डाचौकी नाकाबाट भित्रिने पर्यटक पोखरा, बर्दिया, चितवन, लुम्बिनीलगायत ठाउँ घुम्नका लागि जाने गरेका छन् । उक्त नाका भएर नेपाल भित्रिनेमा फ्रान्स, इटाली, स्पेन, कोरिया, जर्मन, अष्ट्रेलिया, रसिया, युके, युएसए, अर्जेन्टिनालगायत देशका नागरिक बढिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार