समानुपातिक बन्दसूचीको बिरोधलाई टालटुल पार्ने मोडमा देउवा
नेपालबहस संवाददाता
असोज ९, २०७९ सोमबार ०:४०:५०
९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक बन्दसूचीमा पार्टीभित्र उठेको बिरोधको स्वरलाई पुन टालटुल पार्ने तयारीमा जुटेका छन् । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सभापति देउवा र उपसभापति धनराज गुरुङबीच भएको भेटवार्तामा वरिष्ठ नेता डा. शेखर कोइराला पक्षको असन्तुष्टि सम्बोधन गर्न आफू तयार रहेको आश्वासन दिएका छन् ।
निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीमा एकलौटी गरेको भन्दै सत्तारुढ दल नेपाली कांग्रेसमा असन्तुष्टि चुलिदै गएको छ । पार्टीमा देखिएको असन्तुष्टिलाई समाधान गर्न सभापतिज्यूले असोज १२ गतेसम्म फेरि बसेर कहाँ के गर्न सकिन्छ ? त्यो कुरा गरौंला भन्नुभएको छ । हामीले समस्याको समाधान खोज्ने हो । समस्या देखाएर समस्याबाट भाग्ने होइन ।’ गुरुङले नेपालबहसलाई भने ।
पार्टी सञ्चालनमा पनि विधानको बाटो बिराएको, सरकार सञ्चालनको बाहनामा पार्टीभन्दा गठबन्धनलाई बढी महत्व दिएका सभापति देउवाविरुद्ध वरिष्ठ नेता शेखर कोइराला पक्षीय नेताहरुले अनशन, धर्ना र निर्वाचन बहिष्कारसम्मका वैकल्पिक संघर्षको योजना तयार पारेपछि सभापति देउवाले फेरि टालटुले प्रतिक्रिया दिएका हुन् ।
कोइराला समूहले समानुपातिक उम्मेदवारको बन्दसूचीमा एकलौटी गरिएको भन्दै सच्याउन माग गरिरहेको छ । कोइराला पक्षका केही केन्द्रीय सदस्य, वर्तमान र पूर्व जिल्ला सभापति, भ्रातृ संस्थाका पूर्व पदाधिकारी लगायतले पार्टीभित्र न्यायोचित व्यवहार नभएको भन्दै विद्रोहको चेतावनी दिएका छन् । १६५ निर्वाचन क्षेत्रमध्ये गठबन्धनभित्र कांग्रेसले पाउने सीटमा आफूहरुले ४० प्रतिशत हिस्सा पाउनुपर्ने कोइराला पक्षको अडान कायमै रहेको छ ।
सभापति देउवा सभापति पार्टीसँग टाढा, गठबन्धनसँग निकट हुँदै गएपछि शेखर पक्षीय नेताहरुले समानुपातिक बन्दसूची नसच्याए र प्रत्यक्षमा न्यायोचित ढंगले टिकट वितरण नगरेमा बालुवाटार घेराउदेखि चुनाव बहिस्कारसम्म गर्ने शनिबार काठमाडौंमा खबरदारी सभामार्फत चेतावनी दिएका थिए ।
शेखर समूहले पटकपटक भेला र बैठक गरेर सभापति शेरबहादुर देउवालाई दबाब दिंदै आएको छ । कांग्रेसले प्रत्यक्षतर्फ उम्मेदवार चयन गर्नेबारे भने छलफल गरिसकेको छैन । सत्ता गठबन्धनसँग मिलेर कांग्रेस मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा जाने निर्णय गरेको थियो । कांग्रेसले प्रत्यक्षतर्फ कति सीटमा उम्मेदवारी दिने भन्ने पनि टुंगो लागेको छैन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
'बीबी माइनस' को ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटीः सीबीफिन
मंसिर १०, २०८१ सोमबार
नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार
अपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार