तेस्रो टी ट्वान्टीमा जितसँगै भारतले अष्ट्रेलिया विरुद्धको श्रृखंला उचाल्यो
नेपालबहस संवाददाता
असोज ९, २०७९ सोमबार ४:३१:१०
९ असोज, काठमाडौं । भारतले अष्ट्रेलिया विरुद्धको तीन खेलको टी ट्वान्टी श्रृखंला जितेको छ । तेस्रो तथा अन्तिम टी ट्वान्टी खेलमा अष्ट्रेलियालाई छ विकेटले हराउँदै भारतले श्रृखंला २–१ ले आफ्नो पक्षमा पारेको हो । पहिलो टी ट्वान्टी अष्ट्रेलियाले जितेपनि दोस्रो र तेस्रो गरी लगातार दुबै खेल भारतले जितेको हो ।
हैदराबादमा अष्ट्रेलियाले प्रस्तुत गरेको १८७ रनको लक्ष्य पछ्याउँदै भारतले खेल सकिन एक बल बाँकी छँदा ४ विकेटको क्षतिमा पुरा गर्यो । भारतको जितमा सूर्यकुमार यादव र विराट कोहली उत्कृष्ट पारी खेले । ३० रनमा दुबैजना ओपनरलाई गुमाएको भारतका लागि कोहली र यादवले १०३ रनको उत्कृष्ट साझेदारी गरेर जित नजिक पुर्याए । यादवले मात्र ३६ बलमा पाँच चौका र पाँच छक्काको सहयोगमा ६३ रनको विष्फोटक पारी खेले । जितका लागि चार बलमा पाँच रन आवश्यक छँदा कोहली पेभेलियन फर्किएपनि हार्दिक पाण्ड्याले चौका लगाएर भारतको जित सुनिश्चित गरे ।
त्यसअघि टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको अष्ट्रेलियाले पुरा २० ओभर खेल्दै सात विकेटको क्षतिमा १८६ रनको योगफल तयार गर्यो । उसको पारीमा ओपनर टिम देविडले सर्वाधिक ५४ र ओपनर क्यामरुन ग्रीनले ५२ रनको पारी खेले । भारतका लागि अक्षर पटेलले सर्वाधिक तीन तथा भुवनेश्वर कुमार, युज्वेन्द्र चाहल र हर्षल पटेलले सामान एक एक विकेट लिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार