असोज १२ देखि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी
नेपालबहस संवाददाता
असोज १०, २०७९ सोमबार १३:५२:१४
१० असोज, काठमाडौं । निर्वाचन आयोगले असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी गरेको छ। आयोगले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण र विभिन्न १२ पार्टीका शीर्ष नेताहरूसँग निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो। आचारसंहिता लागू गर्ने अन्तिम तयारी स्वरुप आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग प्रतिबद्धता लिदै आएका छन् ।
आयोग स्रोतका अनुसार असोज १२ देखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी भइरहेको छ। निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेको छ । तर आयोग पदाधिकारीले निर्णय गरेको मितिदेखि आचारसंहिता लागू हुने निर्वाचन ऐनले व्यवस्था गरेको छ । आयोग स्रोतले भन्यो, “बुधबारदेखि आचारसंहिता लागू गर्ने तयारी छ ।”
असोज १२ देखि निर्वाचन आचारसंहिता लागू हुने भएपनि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय असोज १५ गतेदेखि २० गतेभित्र स्थापना हुनेछ । आचारसंहितामा नेपाल सरकार, प्रदेश र स्थानीय सरकार तथा राजनीतिक दल, दलका भातृ संगठन, सञ्चारमाध्यम, कर्मचारी र संघ संगठन तथा आयोगमा कार्यरत कर्मचारीले पालना गर्न हुने नहुने बुँदाहरु समेटिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार