पाकिस्तानको इंग्ल्याण्डमाथि जित, सात खेलको श्रृखंला २-२ मा आयो
नेपालबहस संवाददाता
असोज १०, २०७९ सोमबार १४:२३:२३
१० असोज, काठमाडौं । इङल्यान्डमाथि तीन रनको जितसहित पाकिस्तानले सात खेलको टी-२० शृंखलामा २९२ को बराबरी गरेको छ । एक सय ६६ रनको लक्ष्य पछ्याएको इङल्यान्ड १९.२ ओभरमा एक सय ६३ रनमा सीमित भयो ।
इङल्यान्डका लियाम डसन र ह्यारी ब्रुकले समान ३४ रनको योगदान गरे । त्यस्तै बेन डकलेडले ३३ र कप्तान मोइन अलीले २९ रन जोडे । पाकिस्तानका मोहम्मद नवाज र ह्यारिस रौफले समान तीन तथा मोहम्मद हासनैनले दुई र मोहम्मद वासिमले एक विकेट लिए ।
यसअघि राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङका लागि आएको पाकिस्तानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ६७ रनको योगफल खडा गरेको थियो । पाकिस्तानका ओपनर मोहम्मद रिजवानले सर्वाधिक ८८ रन बनाए । उनले ६७ बलमा नौ चौका र एक छक्का प्रहार गरे । कुनै समय १२ ओभरमा एक विकेट गुमाएर ९७ रन बनाएको पाकिस्तानले सोही अनुरुपको फिनिसिङ गर्न भने सकेन ।
कप्तान बाबर आजम ३६ रनमा आउट भए । यसबाहेक, टिमको खातामा सान मसुदले २१ र आसिफ अलिले तीन बलमा १३ रन थपे । इङ्ल्यान्डका रिसे टोप्लेले दुई विकेट लिए । यस्तै, लियम डव्सन र डेविड विलीले एक विकेट लिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार