देशभर साढे ६ महिनामा विपद्का घटनाबाट एक अर्बभन्दा बढीको क्षति
नेपालबहस संवाददाता
असोज १०, २०७९ सोमबार १६:५९:५६
१० असोज, काठमाडौं । विपद्का घटनाले पछिल्लो करिव साढे ६ महिनाको अवधिमा नेपालमा एक अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाख १ गतेदेखि असोज ९ गतेसम्मको अवधिमा देशभर भएका १ हजार ८०४ वटा विपद्का घटनाबाट उक्त क्षति भएको हो ।
सो अवधिमा बाढी, पहिरो, चट्याङ, आगलागी, भारीवर्षा, हुरी बतास, भूकम्प, जनावर आक्रमण र वन डढेंलोबाट १ अर्ब ४४ लाख ७० हजार ९३५ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणरले जनाएको छ ।
यसवर्ष सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीका घटनाले गरेको छ । आगलागीका घटनाबाट बितेको करिव साढे ६ महिनामा ८३ करोड १९ लाख १ हजार १६० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।
प्राधिकरणका अनुसार यसवर्ष पहिरोबाट ८ करोड ५५ लाख ५८ हजार ७०० रुपैयाँ, बाढीबाट १ करोड ३२ लाख ४२ हजार रुपैयाँ, चट्याङबाट ३४ लाख ९२ हजार रुपैयाँ, भारीवर्षाबाट २ करोड ७७ लाख ४५ हजार १७५ रुपैयाँ र हुरीबतासबाट २ करोड ५४ लाख ११ हजार ८०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।
यस्तै, जनावरको आक्रमणबाट ३९ लाख ५ हजार १०० रुपैयाँ र वन डढेंलोबाट १ करोड २३ लाख ८५ हजार रुपैयाँ बराबरको आर्थिक भएको प्राधिकरणले जनाएको छ ।
गत वर्ष ९२०७८० को सोही अवधिमा विपद्का घटनाले नेपालमा १ अर्ब १ करोड ७६ लाख ३२ हजार ८४२ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो । विपद्का घटनाबाट यसवर्ष २२१ जनाको मृत्यु भइसकेको छ भने १३ जना बेपत्ता भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार
मंसिर १०, २०८१ सोमबार
मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने नेपाल प्रिमियर लिगको ट्रफी अनावरण
मंसिर १०, २०८१ सोमबार
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार