यमनको शान्ति प्रक्रियाबारे छलफल
नेपालबहस संवाददाता
असोज १०, २०७९ सोमबार १७:३९:१७
१० असोज , एजेन्सी । यमनमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घीय महासचिव र यमनको राष्ट्रपतीय नेतृत्व परिषदका अध्यक्षका बीचमा छलफल भएको छ ।
प्राप्त समाचार अनुसार महासचिव एन्टोनियो गुटरेस र यमनको राष्ट्रपतीय नेतृत्व परिषदका अध्यक्ष रसद अल अलिमीका बीचमा आइतबार कुराकानी भएको यमनी टेलिभिजनले जनाएको छ ।
उनीहरुका बीचमा यमनमा जारी रहेको गृहयुद्धको अन्त्यका लागि आवश्यक छलफल भएको र यसका लागि शान्ति प्रक्रियाको सुरुआत गर्नुपर्ने विषयमा सहमति भएको पनि बताइएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा सहभागी हुन गएका थिए । यमनको राष्ट्रपतीय नेतृत्व परिषदका अध्यक्ष रसद अल अलिमीले महासचिव गुटरेसलाई अमेरिकाको न्युुयोर्कमा भेट गरेका थियो ।
त्यस क्रममा यमनमा जारी हत्या हिंसालाई रोक्न यहाँको गृहयुद्धको अन्त्य गर्न शान्ति वार्ताको प्रक्रिया अविलम्ब थाल्नुपर्नेमा उहाँहरुले जोड दिएका थिए ।
त्यस भेटका क्रममा यमनको राष्ट्रपतीय नेतृत्व परिषदका अध्यक्ष रसदले महासचिव गुटरेसलाई यमनको पछिल्लो अवस्थाका साथै यहाँ शान्ति स्थापनाका लागि जारी रहेको प्रयासका बारेमा जानकारी गराएका थिए ।
त्यसक्रममा यमनको गृहयुद्ध रोक्नका लागि संयुक्त राष्ट्रसङ्घले खेलेको भूमिकाका लागि अध्यक्ष रसदले महासचिव गुटरेसलाई विशेष धन्यवाद दिए । उता महासचिव गुटरेसले पनि यमनमा आवश्यक सहयोग गर्न संयुक्त राष्ट्रसङ्घ तयार रहेको भन्दै यमनको गृहयुद्ध रोक्न राष्ट्रसङ्घका तर्फबाट आवश्यक पर्ने सहयोग निरन्तर राख्ने पनि जानकारी दिए ।
राष्ट्रसङ्घको पहलमा यमनमा शान्ति स्थापनाका लागि यसअघि पनि धेरै पटक पहल भएका र वार्ता पनि भएका थिए । तर वार्ता सफल हुन भने सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार