विजयादशमी, दिपावली तथा छठमा रियलमीको “उत्सवको बहार, हरेक दिन उपहार”
नेपालबहस संवाददाता
असोज १०, २०७९ सोमबार १८:०:४०
१० असाेज, काठमाडाैं । सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठको पावन अवसरमा “उत्सवको बहार हरेक दिन उपहार” योजना ल्याएको छ ।
यहि असोज १० गतेबाट रियलमी क्यापिङ्स डटकममा शुरु हुने यो अफरमा उपभोक्ताहरुले स्मार्टफोन, टिभि, वाशिङ मसिन लगायत अन्य थुप्रै आकर्षक उपहारहरु जित्न सक्ने छन् । २०२२ को दोश्रो चौमासिकको सर्वेक्षण अनुसार नेपालकै सर्वोत्कृष्ट मध्य तेश्रो स्मार्टफोन ब्रान्ड हुन सफल रियलमीले आफ्ना उत्पादनहरु मार्फत उपभोक्ताहरुलाई नवीनतम प्रविधि प्रदान गर्दै अगाडि बढ्न सफल भएको छ ।
चाडपर्व लक्षित यस अफरको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, “रियलमी सँधै नवीनतम प्रविधिहरु ल्याउन अग्रसर छ र हाम्रा उपभोक्ताहरुले पनि यसलाई मन पराइरहनुभएको छ । यो माया र साथको लागि हाम्रा उपभोक्ताहरुलाई हृदयदेखि नै धन्यवाद दिँदै उहाँहरुको लागि पनि हामीले हाम्रो तर्फबाट केही विषेष उपहारहरु दिन गईरहेका छौँ । हामीलाई आशा छ हाम्रो यो सानो प्रयासले वहाँँहरुको चाडपर्वको माहोल अझै रमाइलो हुनेछ ।”
यस योजना अन्तर्गत असोज १० गते देखि गते कार्तिक १४ सम्म हरेक दिन ४ जना, हरेक हप्ता २ जना र बम्परमा ३ जना भाग्यशाली उपभोक्ताहरु छानिनेछन् । यस योजनामा सहभागि हुनको लागि रियलमी क्यापिङ्स डटकममामा गएर आफ्नो नाम, फोन नम्बर, आफुले खरिद गरेको स्र्माट्फोनको आइएमइआइ नम्बर र मोडल नम्बर जस्ता विवरणहरु राखेर दर्ता गर्नुपर्ने हुन्छ ।
यसरी छानिएका विजेताहरु मध्य हरेक हप्ता २ जनाले रियलमी सि ३० स्मार्टफोन जित्न सक्नेछ्न् भने ३ जना बम्पर विजेताले रियलमी ९, वाशिङ मसिन र ६५ इन्चको फो के टिभि जित्न सक्नेछन् । यो अफर असोज १० गते देखि कार्तिक १४ सम्म खरिद गरिएका बजेट इन्टर्टेनर सी सिरीज, गेमिङ–केन्द्रित नार्जो सिरिज, अलराउन्डर नम्बर सिरिज, इनोभेटिभ जिटि सिरीज लगायत सबै रियलमी स्मार्टफोनहरूमामा लागु हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार