संरक्षण अभावका कारण प्राकृतिक कालरुवा ताल पुरिँदै
नेपालबहस संवाददाता
असोज १०, २०७९ सोमबार १९:३७:२६
१० असोज, दिपायल । संरक्षणको अभावमा बडीकेदार गाउँपालिका– ४ मान्नकापडीमा रहेको कालारुवा ताल पुरिँदै जान थालेको छ । परापूर्वकालमा कुन्तामाता भगवतीको बासस्थानका रुपमा रहेको कालारुवा ताल उच्च लेकाली भेगमा भएकाले संरक्षणका लागि अहिलेसम्म कसैको ध्यान नगएको र गाउँपालिकाले पनि संरक्षणका लागि कुनै योजना नबनाउँदा अहिले पुरिँदै जान थालेको हो । पहिले ताल जति सुन्दर देखिन्थ्यो तर अहिले विस्तारै संरक्षणको अभावमा संकटमा पर्दै गएको स्थानीयवासीको भनाइ छ ।
उच्च लेकाली भेगमा रहेको यो तालमा कसैले महत्व नदिएका कारण ओझेलमा परेको कालारुवा सामुदायिक वनका अध्यक्ष उज्वल धामी बताउछन् । उचित संरक्षण नहुँदा वरपरको माटो–ढुङ्गा पनि खस्न थालेपछि तालको क्षेत्रफल खुम्चिँदै गएको उनको भनाइ छ । दुई सय वर्षअघिदेखिको यो ताल बाह्रै महिना कालो रङको देखिने अध्यक्ष धामी बताउछन् ।
पर्यटकको सम्भावना रहेको यो कालारुवा तालको कसैले पनि संरक्षण तथा प्रवद्र्धनका लागि पहल नगरेका कारण ओझेलमा परेको मान्नकापडीका टेकेन्द्र धामी उल्लेख गर्छन् । उनी भन्छन्, “पहिले ताल ठूलो थियो, पानी जमेको हेर्दा राम्रो लाग्थ्यो, अहिले विस्तारै पुरिँदैछ र तालको आकार पनि घट्दै जान थाल्दा पनि संरक्षण र व्यवस्थित गर्न स्थानीय सरकारको ध्यान गएको छैन ।”
कालारुवा ताल संरक्षणका लागि बडीकेदार गाउँपालिका–४ को वडा कार्यालयले सडकसँगै व्यवस्थापन कार्य अगाडि बढाउने तयारी गरेको छ । प्राकृतिक ताललाई पुरानै अवस्थामा फर्काउनका लागि सबै निकायसँग समन्वय गरी योजना बनाउन लागिएको वडाध्यक्ष कर्णबहादुर जेठारा बताउछन् । “ताल संरक्षण गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि आवश्यक बजेट विनियोजन गरेका छौँ”, उनी भन्छन्, “पहिलो प्राथमिकता ताल संरक्षण गर्ने र दोस्रो प्राथमिकतामा ताल क्षेत्रसम्म पुग्ने सडक संजाल जोडिने छ ।”
ताललाई पुरानै अवस्थामा ल्याइएपछि ताल वरिपरि पर्यटकलाई हिँड्नका लागि बाटो निर्माण, विभिन्न देवताका मूर्ति निर्माणसँगै कुन्तामाता भगवतीको मन्दिर बनाउने योजना रहेको र सोहीअनुसार कार्य अगाडि बढाइने उनी बताउछन् ।
उक्त गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलको अध्ययनसँगै पालिकाकाबाट बजेट विनोयोजित गरी संरक्षण तथा प्रवर्धन गरिने गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउद उल्लेख गर्छन् ।
“पहिलो प्राथमिकता यस क्षेत्रमा भएका सबै धार्मिक तथा पर्यटकीयस्थलको अध्ययन गर्ने त्यसपछि प्रचारप्रसार गरी समृद्ध बडीकेदार बनाउने योजना रहेको उनको भनाइ छ । यस क्षेत्रका कालारुवा ताल मेलघटी देऊ, मोहन्याल मन्दिर, चोड्याल मन्दिरलगायत विभिन्न धार्मिक तथा पर्यटकीयस्थल तथा तालहरु संरक्षणको अभावमा ओझेल पर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार