अवरुद्ध विद्युतीय राहदानी सेवा सञ्चालन
नेपालबहस संवाददाता
असोज १०, २०७९ सोमबार १९:३३:५०
१० असोज, बैतडी । बैतडीमा अवरुद्ध रहेको विद्युतीय राहदानी (इ–पासपोर्ट) सेवा पुनःसञ्चालन भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण गत मङ्गलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको थियो ।
विद्युतीय राहदानी इनरोलमेन्ट तथा विद्युतीय राहदानी सर्भरको कनेक्सनमा समस्या आएको भन्दै राहदानी विभागबाट जानकारी आएअनुसार बन्द गरिएको थियो ।
केन्द्रबाटै उक्त समस्या समाधान गरिएपछि उक्त सेवा सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । यसअघि गत असारमा पनि यही समस्याले केही दिन विद्युतीय राहदानी बन्द भएको थियो । जिल्लामा गत जेठ १२ गतेदेखि विद्युतीय राहदानी सेवा दिन सुरु गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार