दशैं मनाउन घर फर्किनेको लर्को लाग्यो
नेपालबहस संवाददाता
असोज १०, २०७९ सोमबार २०:२:५९
१० असोज , राँझा । दशैं मनाउन घर फर्किनेको लर्को लाग्योसुरु भएसँगै घर फर्किने नेपालीको नेपालगञ्जस्थित जमुनाहनाकामा घुइँचो लागेको छ । दशैं मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सीमानाका जमुनाहमा लर्को लाग्ने गर्दछ ।
नेपालगञ्जस्थित जमुनाहनाका भएर दैनिक पाँच हजार व्यक्ति स्वदेश भित्रिरहेको जमुनाह प्रहरी चौकीका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक माधव रिजालले जानकारी दिए।
उनका अनुसार, अहिले भारततर्फ जानेभन्दा स्वदेश फर्किनेको संख्या धेरै छ । दशैं, तिहारजस्ता महत्वपूर्ण चाडपर्व नजिकिएसँगै रोजगारीको सिलसिलामा भारतका विभिन्न सहर पुगेका नेपाली चाडपर्व मनाउन स्वदेश फर्किरहेका छन् ।
लुम्बिनी तथा कर्णाली प्रदेशका अधिकांश युवा रोजीरोटीका लागि भारत जाने गरेका छन् । मौसमीरुपमा भारत जाने महत्वपूर्ण चाडपर्व र खेतीपातीका समयमा भने स्वदेश फर्किने गर्छन् ।
आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकका काम गर्नुपर्ने, औषधिमूलोसमेत राम्रो नपाइने भएपछि लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत जानेको संख्या अधिक छ ।
दशैंका बेला भारतमा रोजगारीका लागि गएका नेपाली फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाट हुने भएकाले त्यस्ता घटना हुन नदिन सुरक्षाकर्मीलाई सजग बनाइएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
भारतबाट घर फर्किने नेपालीलाई सीमामा लुटपाट र दुःख दिने कार्य रोक्न सुरक्षाकर्मी परिचालन गरिनुका साथै भारतबाट फर्किएका नागरिकलाई गन्तव्यसम्म पु¥याउन र उनीहरुको गुनासो सम्बोधनका लागि जमुनाहनाकामै नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ ।
दशैंलाई लक्षित गरेर बाँकेका सात स्थानमा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । भारतबाट फर्किने नेपालीलाई सुरक्षित र सहजरुपमा गन्तव्यसम्म पुग्ने वातावरणका लागि नेपाल–भारत सीमानाका जमुनाह, नेपालगञ्ज बसपार्क र कोहलपुर बसपार्क, बैजनाथको
सम्झनाचोक र चिसापानी, खजुराको धनौली र राप्तीसोनारीको कुसुममा सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अधिकारीले बताए।
।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ
माघ ७, २०८१ सोमबार
स्ववियु निर्वाचन चैत ५ गते हुने
माघ ७, २०८१ सोमबार
पूर्वमुख्यमन्त्री उद्धव थापा कुट्नेलाई कारवाही हुन्छ : गृहमन्त्री लेखक
माघ ७, २०८१ सोमबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
रेसुङ्गा नगरपालिकाको रनिङ शिल्ड रेसुङ्गा माविलाई
माघ ७, २०८१ सोमबार
शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
खुकुरी प्रहार गरेको अभियोगमा ५ जना पक्राउ
माघ ७, २०८१ सोमबार
वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ
माघ ७, २०८१ सोमबार