महांकाल मन्दिर परिसरमा लुटैलुट: पार्किङका नाममा प्रहरीकै असईको दादागिरी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
असोज १०, २०७९ मंगलबार १:४७:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/paking-_M3pKP0Al31.jpg)
१० असोज, काठमाडौं । भक्तजनहरुको निकै आस्था र विश्वास रहेको टुडीखेल परिसरसँगै जोडिएको महाकांल मन्दिर फटाहाहरुका लागि लुटको केन्द्र बन्न पुगेको छ । मन्दिरमा आउने दर्शनार्थीको सुविधाका लागि छुट्याइएको पार्किङस्थल यतिबेला दुई चारजना स्थानीय फटाहा र स्वयम् प्रहरीका एक जुनीयर अफिसरका लागि लुटस्थल बन्न पुगेको हो ।
मन्दिरमा दर्शनार्थ आउने भक्तजनभन्दा पनि न्यूरोडतिरका व्यापारी र उनीहरुका सरसमान ओसारपसार गर्ने मालबाहक सवारी साधनले उक्त पार्किङस्थल ओगटेको देखिन्छ । त्यसरी सवारी पार्किङ गरिएवापत उनीहरुबाट मोटो रकम असुल गरिँदा सम्वन्धि पक्ष केही बोलिरहेको हुन्न । त्यसरी उठाइएको रकम कहाँ जान्छ ? कसकसले खान्छ ? अत्तोपत्तो छैन ।
मन्दिरमा लामो समयदेखि स्वयंसेवकका रुपमा कार्यरत किसन ठकुरीका अनुसार २०७० सालदेखि महाकाल मन्दिर परिसरमा अवैधानिक ढंग र किर्ते रसिदबाट पार्किङ शुल्क उठाउन थालिएको हो । यस कार्यमा मुख्यभुमिका जनसेवा सामुदायिक प्रहरीका इन्चार्ज पदम भट्टराईको छ। जनसेवा सामुदायिक केन्द्रका इन्चार्ज असई पदम भट्टराईले कहिल्यै पनि तोकिएको स्थानमा ड्युटी नगरी पार्किङ ठेकेदारका रुपमा घुमफिर गरि समय कटाइरहेका हुन्छन् । र, पनि उनलाई प्रहरीका कुनै पनि युनिटले दिएको जिम्मेवारी निर्वाह भइरहेको छ कि छैन भनेर ‘वाच’ गर्ने काम भइरहेको देखिन्न ।
स्थानीय युवाको क्लब र महांकाल मन्दिरसँग जोडिएका व्यक्तिले पार्किङमा उठाइएको रकमका सन्दर्भमा प्रश्न उठाउन थालेपछि सामुदायिक प्रहरीका असई पदम भट्टराईले पछिल्लो समय ईश्वर लामीछाने नामका अर्का व्यक्तिलाई अघि सारेका छन् । ठकुरीका अनुसार लामीछाने भट्टराईकै ‘रवर स्ट्याम्प’ हुन् ।
पार्किङ भइरहेको लुटका सन्दर्भमा गुठी संस्थानसँग सम्पर्क गर्दा उसले समेत अवैद्य कार्य भन्दै पार्किङ बन्द गराउन प्रहरीलाई पत्र समेत लेखेको अवस्था छ । पार्किङवालाले स्वयं गठी संस्थानकै नाममा पार्किङ रसिद छापेर रकम असुल गरिरहेको छ । मालबाहक सवारी साधनको प्रतिघन्टा १००, अन्य निजी सवारी साधनको प्रतिघन्टा ६० र मोटरसाइकलको प्रतिघन्टा २० रुपैयाँ उठाउने गरिएको छ । राजधानीकै प्रमुख व्यापारिक केन्द्र न्यूरोडको गेटमै सुविधाजनक पार्किङ भएकाले धेरैजसो सवारी साधनवालाको रोजाईको पार्किङस्थल बनिरहेको महांकाल मन्दिर परिसरमा दैनिक हजारौं रकम उठ्ने गर्छ । तर, सबैको नजर पर्ने स्थानमा समेत अवैद्यरुपमा सञ्चालन गरिएको सशुल्क पार्किङ रोक्नेतर्फ सम्वन्धित पक्षको ध्यान गएको पाइन्न ।
पार्किङको वैद्यता बारे विभिन्न कोणबाट प्रश्न उठेपछि हाल गुठी संस्थान अन्तर्गतको कालमोचन गुठीसँग ५ वर्षको सम्झौता भएको भनिएको छ । तर, कालमोचन गुठीसँग महांकाल मन्दिरको कुनै साइनो र सम्वन्ध छैन । कालमोचन गुठीका शाखा अधिकृत हरी सुवेदीमाथि उनले हाल पार्किङ सञ्चालन गर्दै आएको समूहसँग अनुचित लाभ लिएर अवैध सम्झौता गरेको आरोप छ । स्वयंसेवक ठकुरीका अनुसार भद्रकाली गुठीसँग सम्वन्ध भएपनि त्यहाँबाट न कुनै स्वीकृति लिइएको छ, न जानकारी नै गराइएको छ । बरु, पछिल्लो समय न्यूरोडका विभिन्न स्थानमा स्मार्ट पार्किङको जिम्मा पाएको टीमले महांकालको पार्किङ पनि जिम्मा लिएको छ । तर, उसले पार्किङ शुल्क उठाएवापत दिने रसिद अवैध हो ।
मन्दिरसँग सम्वन्धित पक्षले पार्किङका सन्दर्भमा भइरहेको अनूमतिका लागि अब आवश्यक जुनसुकै निकायमा जाने तरखर गरिरहेको बताइएको छ । यस बारेमा ट्रफिक प्रहरी, महानगरपालिका, जनसेवा प्रहरी वृत्त र गुठी संस्थानमा पनि अवैध रुपमा पार्किङ क्षेत्रमा भइरहेको लुटका बारेमा छानविन गरी कारवाही गर्न उजुरी परिसकेको बुझिएको छ । यसअघि तत्कालिन मेयर विद्यासुन्दर शाक्यका पालामा मन्दिरसँग सम्वद्ध व्यक्तिहरुको समुह नै अवैध पार्किङ रोक्न र दोषीमाथि कारवाही गर्न भनेर पटकपटक महानगरपालिकामा डेलिगेशन जाँदा पनि मेयर शाक्यले चासो नदिनुलाई उनी समेत पार्किङवालाको प्रभावमा परेको आशंका गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार