कालिमाटीको जिलेट सहकारीले करोडौं ठग्यो, दर्जन बढी पक्राउ सूचीमा
नेपालबहस संवाददाता
असोज १०, २०७९ मंगलबार २:०:११
१० असोज, काठमाडौं । पछिल्लो समय सहकारी संस्थाले बचतकर्तालाई ठगी गर्ने क्रम बढिरहेका बेला कालीमाटीस्थित जिलेट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको करोडौं रुपैयाँ ठगी गरेको छ । मुद्दती निक्षेप र क्रमिक बचत खातामा जम्मा गरिएको रकम समेत आफ्ना बचतकर्ता सदस्यलाई माग बमोजिम फिर्ता गर्न नसक्दा उक्त सहकारी विरुद्ध प्रहरीमा उजुरी परेको थियो ।
प्रहरी वृत्त, कालीमाटीमा परेको उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत काठमाडौंमार्फत दर्जन बढी उक्त सहकारीका पदाधिकारी तथा सञ्चालक सदस्यलाई रकम हिनामिना गरेको आरोपमा ठगी मुद्दा चलाउने भएको छ । त्यसका लागि उनीहरु सबैलाई पक्राउ पूर्जी जारी भइसकेको बुझिएको छ ।
प्रहरी वृत्त, कालीमाटीका अनुसार जिलेट सहकारीका अध्यक्ष ओमकुमारी शर्मा पक्राउ परिसकेको र बाँकीको खोजी भइरहेको छ । प्रहरीले दिएको जानकारी अनुसार उक्त सहकारीका पूर्व अध्यक्ष रामगोपाल महर्जन, सचिव नेत्र खड्का, कोषाध्यक्ष नारायणदेवी डंगोल, रविन्द्र महर्जन, इन्द्रमान श्रेष्ठ, मधुसुधन पाठक, सागर मानन्धर, जीवन पौडेल, यसोदा मानियाँ, विनिता लिम्बु र पार्वती पुलामी प्रहरीको खोजी सूचीमा छन् ।
अचम्म लाग्दो त के छ भने पक्राउ सूचीमा रहेकाहरु खुलेआम हिडिरहेको अवस्थामात्र छैन कि उनीहरु जोसुकैले मोवाइल फोन समेत उठाएर ढुक्कैले कुरा गर्छन् । यस विषयमा प्रहरीसँग सम्पर्क गर्दा प्रहरीले भने ठगी मुद्दामा जोडिएर पक्राउ सूचीमा परेका सबैको व्यापक खोजी भइरहेको बताउने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबयानका लागि रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने
मंसिर १०, २०८१ सोमबार
हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद सकिएपछि रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
मंसिर १२, २०८१ बुधबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
पूर्वराजा शाह अर्को साता नेपालगञ्ज भ्रमणमा
मंसिर १२, २०८१ बुधबार