रवीन्द्र मिश्रद्वारा विवेकशील साझाबाट राजीनामा, राप्रपा प्रवेशको तयारी
नेपालबहस संवाददाता
असोज १०, २०७९ मंगलबार ३:१८:५४
१० असोज, काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले पार्टीबाट राजनीमा गरेका छन् । उनले पार्टी अध्यक्ष समीक्षा बाँस्कोटालाई आफ्नो राजीनामा पत्र बुझाएका हुन ।
सामाजिक सञ्जाल फेसबुकमा राजीनामा पत्र सार्वजनिक गरेका मिश्रले जीवनकै कठीनतम निर्णयको रुपमा आफ्नो राजनीमालाई अथ्र्याएका छन् । उनले राजीनामा पत्रमा लेखेका छन्, “लामो गृहकार्यपछि आफैंले नेतृत्व गरेको साझा, र पछि विवेकशील साझा पार्टीलाई, मार्ग परिवर्तन गरेर, फरक दृष्टिकोण बोक्ने साथीहरुको जिम्मा लगाउँदै घर घर छोडेर हिंड्नु निश्चय पनि सहज विषय होइन ।”
उनले अगाडि भनेका छन्, “राजनीति र पार्टीको प्रधान विषय राष्ट्रहित हो , सो परिप्रेक्ष्यमा गत पाँच वर्षमा मैले यो देशका लागि जे अत्यावश्यक छ भन्ने सम्झिएँ, त्यो विश्वासलाई मार्नु उचित नहुने ठानेँ । मेरो मार्ग परिवर्तन र राजीनामा त्यसैको परिणाम हो ।”
एक वर्षअघि पार्टीको वैचारिक सिद्धान्त परिवर्तन गरी हिन्दू राष्ट्र र राजसंस्था अपनाउनुपर्ने कार्यदिशा लिएका मिश्रको पार्टीभित्रैबाट अन्तरविरोध सुरु भएको थियो । उनले विवेकशील पार्टीबाट आएका मिलन पाण्डेलगायतका कारवाही गरेपछि विवेकशील साझाको विवाद छताछुल्ल भएको थियो । स्थानीय निर्वाचनमा पार्टीले गतिलो प्रदर्शन नगरेपछि उनी पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।
पार्टीबाट राजीनामापछि उनी राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्ने तयारी गरेका छन् । उनी वरीताक्रममा राप्रपाको निर्वाचित उपाध्यक्षभन्दा मुनि रहने सहमति गरी प्रवेशको तयारी गरेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार