मतपत्र छपाइ : प्रदेश समानुपातिकको सकियो, प्रतिनिधिसभाको जारी
नेपालबहस संवाददाता
असोज ११, २०७९ मंगलबार १३:५२:१३
११ असोज, काठमाडौं । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत प्रदेश सभाको समानुपातिकतर्फको मतपत्र छपाइ सकिएको छ । प्रतिनिधि सभाको समानुपातिकतर्फको करिब ४० प्रतिशत मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार गत् बिहीबारदेखि प्रतिनिधि सभाको समानुपातिकतर्फको मतपत्र छाप्न सुरु भएको हो । आयोगको निर्वाचन शाखाका प्रमुख ऋषिराम भुसालले प्रतिनिधिसभाको समानुपातिकतर्फ सोमबारसम्म ६० लाख ६५ हजार मतपत्र छापिएको बताए । पछिल्लो चौबीस घण्टामा १६ लाख ७४ हजार मतपत्र छापिएको हो । आयोगको आन्तरिक कार्यतालिका बमोजिम असोज २५ गतेभित्र समानुपातिकतर्फको ४ करोड मतपत्र छापिसक्नुपर्ने हो ।
आयोगका उपसचिब भुसालले भने, “प्रदेश सभाको समानुपातिकतर्फको दुई करोड एक लाख मतपत्र छपाइ सकिएको छ, प्रतिनिधिसभाको समेत आगामी सातासम्म छपाइ पुरा हुने अनुमान गरेका छौं ।”
असोज २३ गते प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन दर्ता हुनेछ । प्रत्यक्षतर्फको उम्मेदवारको अन्तिम नामावली प्रकाशन पूर्व नै आयोगले समानुपातिकतर्फको सबै मतपत्र छाप्ने गरी कार्यतालिका बनाएको हो । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा उच्च सुरक्षा निगरानीमा मतपत्र छपाइ भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार