आंशिक सेना परिचालनको आदेशमा त्रुटी भएको मस्कोद्वारा स्वीकार
नेपालबहस संवाददाता
असोज ११, २०७९ मंगलबार १५:३९:१७
११ असोज, काठमाडौं। बढ्दो सार्वजनिक विरोधबीच क्रेमलिनले युक्रेनमा लड्न रुसीहरुलाई परिचालन गर्ने अभियान गल्ती भएको संकेत गरेको गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले गल्ति भएको संकेत गर्र्र्दै त्यसलाई सच्च्याइने बताए । उनले भने, “सबै त्रुटिहरू सच्याइनेछ“। पुटिनले गत साता युक्रेनमा लड्न ३ लाख रुसीलाई परिचालन गर्ने आदेश दिएका थिए ।
तर, धेरै सैन्य अनुभव नभएका र असक्षम व्यक्तिलाई पनि परिचालनको तयारी गरिएको विभिन्न रिपोर्टमा जनाइएको थियो । परिचालनको विरोधमा रुसभर विरोध भएको छ । हजारौँ प्रदर्शनकारीलाई सरकारले नियन्त्रणमा लिएको छ ।
पुटिनले रिजर्भिस्टलाई परिचालन गर्न दिएको आदेशले रुसी सेना युक्रेनको युद्धभूमिमा नराम्ररी असफल भइरहेको देखाएको पश्चिम र युक्रेनका धेरै सैन्य विशेषज्ञहरुले दाबी गरेका छन् । मस्कोले युक्रेनमाथि हमला सुरु गरेको सात महिना भन्दाबढी समय भएको छ ।
यसैबीच, रुसमा सामेल हुन स्व–शैलीको ‘जनमत संग्रह’को लागि भोट संकलन गर्न देशका कब्जा गरिएका भागहरूमा सशस्त्र सेना घर–घर गएको युक्रेनीहरुले बताएको बीबीसीले जनाएको छ । दक्षिणी खेरसनमा रुसी सुरक्षाकर्मीहरू जनताको मत संकलन गर्न शहरको बीचमा मतपेटिका लिएर उभिएका बताइएको छ । घर–घरमा मतदान ‘सुरक्षा’ का लागि भएको रुसी सञ्चार माध्यमहरुले प्रचार गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार