सूचना प्रबिधि पढ्दै गरेका विद्यार्थीहरुका लागि क्लिक टू करिअर कार्यक्रम
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज ११, २०७९ मंगलबार १८:५२:२३
![](https://nepalbahas.prixacdn.net/media/albums/Click2career_0VTrdO34As.jpg)
११ असाेज, काठमाडाैं । नेपालको प्रमुख आइटी कम्पनी इन्फोडेभलपर्सले सूचना प्रबिधि बिषय पढ्दै गरेका विद्यार्थीहरुका लागि करियर विकास गर्ने ‘क्लिक टू करिअर’ कार्यक्रमको सुरुवात गरेको छ। यस कार्यक्रमले आईटीक्षेत्रमा आउन चाहने नयाँ ट्यालेन्टहरुलाई आईटी उद्योगको लागि आवस्यक पर्ने सिप प्रदान गर्ने, प्रशिक्षण दिने, आईटी उद्योगमा काम गर्न सिकाउने र संस्थागत नेटवर्क विकास गर्ने अवसर प्रदान गर्नेछ।
यस कार्यक्रमले आईटी उद्योग र एकेडेमियाबिचको दूरीलाई पनि कम गर्न सहयोग गर्नेछ। कार्यक्रमलाई संस्थागत गर्न कार्यक्रमको आफ्नै वेबसाइट निर्माण गरिएको छ जसमार्फत थप सूचना प्राप्त गर्न सकिन्छ।
यस कार्यक्रम अन्तर्गत इन्फोडेभलपर्सले अहिलेसम्म पाँचभन्दा बढी कलेजहरुमा ‘क्लिकटूकरिअर’ कार्यक्रम संचालन गरिसकेको छ। कम्पनीले सन्चालन गरेको परिक्षा मार्फत करिब २०० बिद्यार्थीहरुलाई विभिन्न विधामा प्रशिक्षण प्रदान गर्ने छ।सहभागीहरुलाई आईटीडोमेनका विभिन्न प्रोजेक्टहरुमा संलग्न गराएर प्रशिक्षण दिने काम हुनेछ। इन्फोडेभलपर्समा कार्यरत बिशेषज्ञहरुले सहभागीहरुलाई मेन्टरिङ्ग तथा मार्ग दर्शन समेत गर्नेछन्।
‘क्लिकटूकरिअर’ कार्यक्रमका संयोजक तथा इन्फोडेभलपर्सका सिओओ डा.राजिब सुब्बाका अनुसार यस कार्यक्रमको प्रमुख उद्देश्य भनेको कलेजमा अन्तिम बर्षमा अध्ययनरत बिद्यार्थीहरुलाई सूचना प्रविधिका विभिन्न प्रोग्रामिंग विधाहरुमा साठी घण्टाको प्रशिक्षण दिएर संस्थामा वास्तविक कार्यहरुसंग काम गर्ने अनुभव प्रदान गर्नु हो।
यस कार्यक्रममा रियाक्ट, भ्यू, एंगुलर, नेड, जाभा, एआई, क्यूए, डेटाबेसमा प्रशिक्षण दिइनेछ। यसैगरी यस कार्यक्रमले एन्ड्रोइड, रियाक्टनेटिभ, पिएचपी, डटनेट, आईओएस, यूआई÷यूएक्सडिजाइन, ग्राफिक डिजाइन , बिजनेश एनालिस्ट र फ्ल्टर जस्ता प्रोफेसनल तथा प्रोग्रामिङ कोर्सहरुमा करियर विकासको लागि विद्यार्थीलाई सहयोग गर्दछ।
यस कार्यक्रममा प्रशिक्षण समाप्त भएपछि आफ्नो क्षमता अनुसार सहभागीहरुले रोजगारको अवसर पनि प्राप्त गर्ने छन्। काार्यक्रम समाप्त भएपछि सहभागिहरुले कोर्स सम्पन्न भएको प्रमाणपत्र समेत प्राप्त गर्नेछन्। कम्पनीले गतवर्ष विन्टर कोडक्याम्प पनि आयोजना गरेको थियो .
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ प्रधानमन्त्रीद्वारा 'एआई'को क्षेत्रमा विश्वव्यापी सहकार्यको आह्वान
असार २०, २०८१ बिहिबार
लामो अध्ययनपछि नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार
असार १९, २०८१ बुधबार
माइक्रोसफ्टलाई उछिन्दै एनभिडिया संसारको सबैभन्दा मूल्यवान कम्पनी बन्यो
असार ५, २०८१ बुधबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
प्रधानमन्त्रीले राजीनामा नदिने, छिट्टै विश्वासको मत लिने
असार २०, २०८१ बिहिबार
हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध
असार २१, २०८१ शुक्रबार
छुम्बी लामा बने क्यानको प्रवक्ता
असार २१, २०८१ शुक्रबार
आइतबारसम्म बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
असार २१, २०८१ शुक्रबार
भोटेकोशी आयोजनाको स्ल्याब भत्किँदा २ बेपत्ता, सातजना घाइते
असार २१, २०८१ शुक्रबार
मधेशका मुख्यमन्त्री सिंहलाई एमालेले विश्वासको मत दिने
असार २१, २०८१ शुक्रबार
जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या १७ प्रतिशत
असार २१, २०८१ शुक्रबार