बैरोका कार्यालय सहयोगीको कमाई र जीवनशैलीः पैसा असुल्दै अधिकारी, बिदाको दिन म्यानपावरका ढोकाढोका धाउँदै
नेपालबहस संवाददाता
असोज ११, २०७९ मंगलबार १९:४७:४१
११ असाेज, काठमाडाैं । वैदेशिक रोजगार विभागमा एकदशक भन्दा बढी कार्यालय सहयोगीको रुपमा कार्यरत निरज अधिकारी सरकारी बिदाको दिन म्यानपावरका ढोकाढाेका धाउन थालेका छन् । विभागमा व्यवसायीका फाइल लुकाइदिनेदेखि रकम लिएर खोजी गरिदिने उनको दिनचर्या बाहेक आजकल सरकारी छुट्टीका दिन उनले म्यानपावर धाएर असुली धन्दा मच्चाउन थालेका छन् ।
वैदेशिक रोजगार विभागमा म्यानपावर विरुद्ध उजुरी आउने बित्तिकै म्यानपावर कम्पनीलाई जानकारी गराएर सकेसम्म उजुरी पर्न नदिने,उजुरी परिहाले म्यानपावर र व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा ठगिएका र पीडित भएकाहरुको काममा आलटाल गर्नेदेखि सरकारी निकायबाट अनुगमन या पत्रकारहरु आए सम्बन्धित शाखामा जानकारी गराउने, म्यानपावरलाई सुचना दिनेदेखि अनेकौ धन्दा चलाउँदै आएका निरज अधिकारीको हैसियत विभागमै कार्यरत कर्मचारीलाई सरुवा गरिदिनेसम्म रहेको श्रोतले उल्लेख गरेको छ ।
अधिकारी विजयादशमीको पहिलो दिन अर्थात घटस्थापनाका दिन आफ्नो निजी सवारी साधन प्रदेश ३–०२–००५ प १८४५ को ग्रेजियाको स्कुटर लिएर वैदेशिक रोजगार व्यवसायी मुक्ति अधिकारीको गोल्डेन गेटवेको अगाडि पार्किङ गरी सिनामङ्गलमा रहेका अधिकांश म्यानपावर व्यवसायीहरुको कार्यालय पुगेका थिए । पौडेल माभेन रिकुटमेन्ट सर्भिसमा करिब आधा घण्टा बसेर फेरि अन्यत्र लागे । बिहान, बेलुका र कतिपय समयमा अफिसबाटै उनी म्यानपावर व्यवसायीहरुको कार्यालय धाउने गरेका छन् ।
अधिकारीले वैदेशिक रोजगार विभागमा कार्यरत रहेरै आलिशान महल, गाडी र करोडौं रकम असुल्न सफल भएका छन् । रकम नपाए उनले फाइल राख्ने दराज खोल्दैनन् । रकम पाएपछि हराएको फाइल पनि भेटाइदिने अधिकारीको धन्दाले पीडितहरु मर्कामा पर्ने गरेका छन् । यो विषयमा सम्बन्धित अधिकारी र निकाय जानकार भएपनि उनको शक्तिका कारण अधिकारीलाई कसैले हलचल गराउन सक्तैन ।
वैदेशिक रोजगार व्यवसायीहरुले यतिबेला विभागका कर्मचारीलाई पेटी र डबल बल्याकलेवको ओइरो लगाएका छन् । घटस्थापनाको अघिल्लो दिन वैदेशिक रोजगार विभागमा दर्ता कायम रहेको दर्ता नं.११२८ सक्सेस नेपाल एच.आर.का सञ्चालक नरेश अग्राली मगरले वैदेशिक रोजगार विभाग ताहाचल शाखामा ६ वटा डबल बल्याक लेबल फुल र वै.रो.बुद्धनगरमा ४ बल्याक लेबल बाँडेकाे बताइएकाे छ । यो त एउटा सामान्य उदाहरण मात्रै हो ।
गरिब नेपालीका छोराछोरीहरु विदेशमा अलपत्र परेका छन, कोही जेलमा छन, कोही एउटै कोठामा २०/२५ जना कोचिएर बसेका छन, कोही सम्झौता बमोजिमको सेवा, सुविधा नपाएर अलपत्र परेका छन, दैनिक सयौंको संख्यामा वैदेशिक रोजगार विभागमा ठगी र पीडितका उजुरी थन्किएर बसेका छन् । वैदेशिक रोजगार ऐन अनुसार कार्वाही भएका प्रमाण सायदै नभेटिएला, त्यसकै उपहारस्वरुप वैदेशिक रोजगार विभागमा पेटी र बल्याक लेबलको चाङ लागेको हो ।
क्षमासहित सच्चाईएको बारे
(समाचारमा निरज अधिकारी हुनुपर्नेमा अन्यथा हुन गएकोले क्षमा प्रार्थी छौं । आगामी दिनमा यस्तो त्रुटि नदोहोरिने विश्वास समेत दिलाउन चाहान्छौ । यसबाट पर्न गर्नको असुविधाप्रति फेरि एकपटक क्षमा माग्दछु । सम्पादक)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेश भ्रमणमा कडाई, व्यक्तिगत कामका लागि विशेष तथा कूटनीतिक राहदानी प्रयोग गर्न नपाइने
मंसिर ११, २०८१ मंगलबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार