कार्यदलले बुझाएको रोडम्यापमाथि गठबन्धनका शीर्ष नेताहरूबीच छलफल, साँझ सम्ममा सहमति हुने नेताहरुको दावी
नेपालबहस संवाददाता
असोज ११, २०७९ मंगलबार १९:२२:५
११ असोज, काठमाडौं । प्रदेश र प्रतिनिधिसभा सदस्यको सीट बाँडफाँटबारे कार्यदलले तयार पारेको रोडम्यापमा सत्ता गठबन्धनका शीर्ष नेताहरूले छलफल सुरु गरेका छन् । आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका गठबन्धन दल सीट बाँडफाँटको टुंगो लगाउन निर्णायक छलफलमा जुटेका हुन् ।
निर्वाचन आयोगले दसैंको कोजाग्रत पूर्णिमाका दिन उम्मेदवारको मनोनयन दर्ताको समय तोकेको छ । त्यसअघि नै दलहरूले सीटको भागबन्डा टुंग्याएर उम्मेदवार चयनको छलफल सुरु गर्नुपर्ने छ । गठबन्धनमा प्रतिनिधिसभाका १६५ मध्ये अधिकतम सीटमा सहमति जुटिसकेको छ भने प्रदेशसभातर्फका ३३० सीटको बाँडफाँटबारे कार्यदलले आइतबार र सोमबार छलफल गरेर त्यसबारे भएको सहमति शीर्ष नेताहरूलाई बुझाएको थियो ।
कार्यदलले दिएको रोडम्याप अनुसार मंगलबार शीर्ष नेताहरूबीच छलफल चलिरहेको छ । बिहान ११ बजेदेखि बालुवाटारमा सीट बाँडफाँटको विषयमा छलफल भइरहेको छ । आज दिनभर छलफल गरेर भएपनि सहमतिमा पुग्ने तयारी नेताहरुको छ । कार्यदलका एक सदस्यले दिएको जानकारी अनुसार गठबन्धनका शीर्ष नेताहरूबीचको छलफलले बेलुकासम्म सहमति गर्ने तयारी छ ।
उनका अनुसार गठबन्धनमा प्रतिनिधिसभाका १६५ मध्ये नेपाली कांग्रेसले ८०/८५, माओवादी केन्द्रले ४५/४७, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले १५/१७ र राष्ट्रिय जनमोर्चाले २ सीट लिने गरी सहमतिको प्रारम्भिक खाका तयार भएको छ । कतिपय क्षेत्रमा भने दलहरूबीचको टकराव अझै मिलिसकेको छैन ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा भने कांग्रेसलाई ८५ सीटभन्दा तलमै सहमति जनाउने पक्षमा देखिएका छन् । तर, कांग्रेस संस्थापनइतरका नेताहरूले भने सभापति देउवामाथि निरन्तर दवाव बढाइरहेका छन् । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी छनोटका क्रममा संस्थापन पक्षले एकलौटी गर्न लागेको भन्दै सार्वजनिक सभादेखि विभिन्न दवावमूलक कार्यक्रम गर्दै आएको इतर पक्षले बुधबार पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने कार्यक्रमसमेत बनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
स्वस्थानी व्रतकथा आजदेखि सुरु
पुष २९, २०८१ सोमबार
अमेरिकी डलर स्थिर, अन्य कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
पुष २९, २०८१ सोमबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार