निर्वाचन आयोगद्वारा देशभरका मतदानस्थल सार्वजनिक, मतदान केन्द्र मात्रै २२ हजारमाथि
नेपालबहस संवाददाता
असोज ११, २०७९ मंगलबार २०:११:१५
११ असोज, काठमाडौं । निर्वाचन आयोगले देशभरमा कायम रहने मतदानस्थल र मतदान केन्द्र सार्वजनिक गरेको छ । आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि आयोगले मतदान केन्द्र तोकेको हो ।
आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा देशभर १० हजार ८९१ मतदानस्थल रहने भएका छन् भने मतदान केन्द्र २२ हजार २२६ रहने भएका छन् । आयोगले यसअघि नै निर्वाचनका लागि उम्मेदवारहरुले खर्च गर्न पाउने रकम तोकेको छ । उम्मेदवारले कति खर्च गर्न पाउने भन्नेबारे दलहरुबीच छलफल चलिरहेका बेला आयोगले खर्चको सीमा तोकिदिएको हो ।
आयोगले आज मंगबार पनि छलफलका लागि प्रतिनिधिसभामा प्रतनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई बोलाएको छ । आयोगले प्रदेशतर्फ ८ लाख र प्रतिनिधिसभातर्फ ८ लाखका दरले खर्च सीमा बढाउने प्रस्ताव गरेको छ । निर्वाचन क्षेत्रहरूलाई वर्गमा विभाजन गरेर छुट्टाछुट्टै खर्च तोकिएको छ । खर्चको सीमा बढाइए पनि यसलाई वैज्ञानिक बनाउन लागिएको आयोगले जनाएको छ ।
यस्तो छ मतदानस्थलको विवरणः
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार