सिरहामा झिझिया नृत्यको रौनक

नेपालबहस संवाददाता
असोज ११, २०७९ मंगलबार २०:५८:१३

११ असोज, गोलबजार । सिरहामा झिझिया नृत्यको रौनक सुरु भएको छ । घैँटोमाथि बलिरहेको आगोको डल्लो लिएर नृत्य गर्नु आफैँमा साहस र कलाको अलौकिक प्रदर्शन नै झिझिया नृत्य हो ।
दसैँ सुरुसँगै गाउँगाउँमा झिझिया नाचिन्छ । पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिला क्षेत्रमा आफ्नै महत्व छ । दसैँमा देवी स्तुतिका रूपमा झिझिया नृत्य गरिन्छ । बोक्सीबाट आफ्ना सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको जनविश्वास छ । दसैँ सुरु भएपछि हरेक साँझ देवी दुर्गाको मन्दिरमा झिझिया नाच गरिन्छ ।
मिर्चैया नगरपालिका–२ मल्हनियाँ पिरारीमा झिझिया नृत्य प्रतियोगिता आयोजना गरिएको र नृत्यमा प्रथम, द्वितीय, तृतीय हुनेलाई पुरस्कार दिने दुर्गा पूजा समिति अध्यक्ष शिवशंकर कापरले बताए । यस्तै, कल्याणपुर नगरपालिका–११ कल्याणपुर बजार दुर्गा मन्दिरमा अर्नामाबाट आएका महिलाको समूहले झिझिया नृत्य गरेको स्थानीय अजय मण्डलले बताए । जिल्लाकै लक्ष्मीपुर पतारी गाउँपालिक–१ रामपुर दुर्गा मन्दिर प्राङ्गणमा झिझिया नृत्य प्रतियोगितामा सहभागी हुन झिझिया समूहलाई आमन्त्रण गरेको स्थानीय रामकुमार रजकले बताए ।
सिरहामा कमला नदी क्षेत्रमा बसोबास रहेका बस्तीमा बढी झिझिया खेल्ने गरेको पाइन्छ । जिल्लामा कर्जनहा नगरपालिका, कल्याणपुर नगरपालिका, सिरहा नगरपालिका, मिर्चैया नगरपालिका, विष्णुपुर गाउँपालिका, नरहा गाउँपालिका, औरही गाउँपालिका, गोलबजार नगरपालिका केही भागमा यो नाच देखाइन्छ । जिल्लाकै पूर्वी स्थानीयतहमा र सप्तरीमा झिझिया नृत्य मनाउने चलन छैन ।
गाउँघरका महिलाले आफ्नो पारिवारिक शान्तिको कामना गर्दै दसैँताका झिझिया नृत्य नाच्ने गरेको विष्णुपुर गाउँपालिकाका सन्तोष यादवले बताए । समाज रुपान्तरणसँगै लोकनृत्य गायब हुन थालेका छन् । अहिले मञ्च लगाएर ‘डिजे साउण्ड’मा झिझिया हुन थालेको चौहर्वाका दीपेन्द्र यादवले बताए ।
राति समूह समूहमा महिला झिझिया नृत्य गरिरहेको सहजै देख्न सकिन्छ । यसको एउटा उद्देश्य दसैँको समयमा देवी दुर्गालाई रिझाउनु रहेको छ । झिझिया नृत्य गर्दै गाइने गीतहरूमा भगवती दुर्गाको स्तुति गरिएका अत्यन्त मोहक गीतहरू पनि गाइन्छन् । त्यसमा प्रत्येक दसैँमा आफ्ना खास सवारीसाथ आउने भगवतीको शृृङ्गार डोलीमा सवारी र कामख्याको गन्तव्यको सजीव चित्रण गरिएका गीतहरू गाइन्छ ।
झिझियामा स्वच्छ घैँटो किनेर त्यसलाई सफासुग्घर गरी घैँटोभरि प्वाल बनाइन्छ । घैँटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ । टाउकामा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ । विजयादशमीको दिन पूजा पाठ, भोज र प्रसाद वितरण गरिन्छ र झिझिया लोकनृत्य विसर्जन हुने गरेको सिरहा नगरपालिका–१ की मनिषा यादवले बताइन ।
झिझिया नृत्यको अर्को उद्देश्य बोक्सीबाट आफना सन्तानको सुरक्षा गर्नु पनि रहेको कल्यायपुर नगरपालिका–५५ वर्षीया लालीदेवी दासले बताइन । झिझिया लोकनृत्य सिरहालगायत धनुषा, मोहत्तरी, सर्लाही, बारा, पर्सासहितका जिल्लामा नाचिन्छ । भारतीय मिथिला क्षेत्रमा पनि यो नृत्य प्रस्तुत गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाशिवरात्रिः राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन
फागुन १४, २०८१ बुधबार
उपत्यकाबाहिरका शिवालयमा पनि भक्तजनको घुइँचो
फागुन १४, २०८१ बुधबार
पाल्पाका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
फागुन १४, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
सडक डिभिजनले रद्द गर्यो निर्माणाधीन अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्डको ठेक्का
फागुन १५, २०८१ बिहिबार
गोविन्दा र श्रीमती बस्छन् अलग-अलग घरमा
फागुन १५, २०८१ बिहिबार
त्रिभुवन विमानस्थलबाट ३ केजी ७७५ ग्राम सुनसहित तीन जना विदेशी महिला पक्राउ
फागुन १५, २०८१ बिहिबार
आजदेखि उपत्यकाका यी क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने
फागुन १५, २०८१ बिहिबार
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
फागुन १५, २०८१ बिहिबार
राराको होटेलमा आगलागी, चार भवन जलेर नष्ट
फागुन १५, २०८१ बिहिबार