बाँकेबाट हराएका दुई बालिका र त्यसले दिएको सन्देश
नेपालबहस संवाददाता
असोज ११, २०७९ बुधबार १:२४:३७
♦ दीपक शर्मा
११ असोज, बाँके । पछिल्लो पटक बच्चा चोर्ने समहुको विगविगी बढिरेको भन्ने हल्ला चलिरहेका बेला बाँकेका २ जना बालिका आफनै घरबाट हराएपछि त्रासको बातावरण बढदै गएको थियो भने प्रहरीले त्यस्तो वच्चा चोर्ने गीरोह नभएको भन्दै त्यसकिमिमो हल्लाको पछाडी नलाग्न भनिरहेका बेला बालिका हराउदा प्रहरी पनि अचम्मित बनेको थियो ।
बाँके राप्तीसोनारी गाँउपालिका वार्ड न १ कुशुम बैरियाका ११ वर्षिय बन्दना विक र निशा परियार गएको असोज ४ गते आफनै घर अगाडि बाट हराएका आफन्तले बताएका छन । ४ गते देखि हराइरेका ति बालिकालाई सकुसल खोज तलास गरी आफन्तलाई जिम्मा लगाउनु पर्ने प्रहरीका लागी ठुलो चुनौति बन्यो ।
भारत संग मिसा जोडिएको बाँकेमा बालिकाहरुाई भारत लैजान सक्ने भन्दै प्रहरीले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउदै बालिकाका आफन्तलाई भेटघाट गर्दै अनुसन्धान प्रकृया अगाडि बढाउदै गयो ।ति बालिकाहरुको घर अगाडि नै पुर्व पश्चिम राजमार्ग भएको तथा सो क्षेत्रमा रात्री कालिन वस तथा दिवाकालिन वस विसौनि क्षेत्र भएका कारण पनि प्रहरीले आन्तरिक रुपमा ति बालिकााको खोजीका लागी त्यस तर्फ पनि योजना अगाडि बढाउदै खोजतलास लाई तिव्र बनाउदै लगिरहेको अवस्थामा ति २ जना बालिका करिब १ हप्ता पछि पोखरामा फेला परेको प्रहरीले जानकारी दियो ।
प्रहरीलाई बच्चा चोर्ने गिरोह छैन भन्ने सन्देशलाई चुनौति दिएको यो घटनाले प्रहरीलाई तनाव बनाएको थियो । इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रमुख एंव प्रहरी नायव उपरिक्षक ऐनबहादुर मल्लले दुबै बालिका पोखरामा फेला परेको नेपाल बहस लाई बताए । उनका अनुसार अनुसन्धान गर्दै जादा ति बालिकाहरु राति घर बाट निस्किएर रात्री वस चढि पोखरा पुगेका रहेछन । बालकका आफन्त संग सोधिखोजी गर्दा पोखरा गएको पुष्टि भएको हो । पोखरा पुगेका ति बालिकाहरुलाई घरमा ल्याउने काम भैरहेको प्रहरीले जनाएको छ । उनिहरु आफै पोखरा आफन्तका गएको देखिएको छ ।
तर बालिका हराएको भन्ने हल्ला ने केहि दिन बाँकेमा त्रासको वातावरण उत्पन्न भएको थियो । यो केसले प्रहरीलाई मात्र होइन आम सर्वसाधारण नागरिकलाई समेत चतेत गराएको छ । बालबालिका कहा जान्छन के गर्छन त्यसको निगरानी राख्ने काम अभिभावकले गम्भिरतापुर्वक लिन जरुरी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनब्बे लाख बराबरको औषधीजन्य सामाग्रीहरूसहित ट्रक नियन्त्रणमा
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार